Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

“मिठो मिठो प्रित बस्यो” बोलको गीतको म्यूजिक भिडियोको छायांकन सम्पन्न,अर्को साता भिडियो सार्वजनिक हुने

admin

चर्चित गायक राजेश पायल राई तथा गायिका जुनु गौतमको सुमुधुर आवाजमा रहेको “मिठो मिठो प्रित बस्यो” बोलको गीतको म्यूजिक भिडियोको छायांकन सम्पन्न भएको छ । येशु थापा (यशोदा थापा)को उत्कृष्ट रचनामा ,तयार भएको गीतलाई एमोस तामाङ्गले ऐरेन्ज गर्नुभएको छ भने अनिष श्रेष्ठले संगीत दिनुभएको छ ।

नृत्य निर्देशक संघ नेपाल को निर्माण तथा संघका उपाध्यक्ष तथा चर्चित निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गर्नु भएको छ । सिन्धुलीको खुर्कोट लगायतका वरपरका मनोरम स्थानहरुमा छायांकन गरिएको भिडियोलाई शिव ढकालले छायांकन गर्नुभएको छ मेकअपमा सन्तु तामाङ्ग रहनु भएको थियो भने सम्पादन प्रविण श्रेष्ठको रहने र भिडियो अर्को साता सार्वजनिक गरिने जानकारी निर्देशक श्रेष्ठले दिनुभएको छ । निर्देशक श्रेष्ठले ६ दर्जन बढी को हाराहारीमा उत्कृष्ट भिडियो निर्देशन गरिसकेका छन भने ८० भन्दा बढी चलचित्रमा नृत्य निर्देशन गरिसकेका छन ।

भिडियोमा चर्चित नायिका अनु शाह तथा मोडल एवं कराते खेलाडी चन्द्र पुलामीको अभिनय रहेको छ । बहुप्रतिभाशाली मोडल पुलामी करातेका थर्ड डन प्राप्त खेलाडी तथा राष्ट्रियस्तरको रेफ्री हुनुहुन्छ । करीव २ दर्जन बढी स्वर्ण पदक विजेता पुलामी व्यबसायमा पनि उतिकै सक्रिय रहदै आउनुभएको छ । ४ वर्षदेखि मोडलिङ्ग क्षेत्रमा लागेर थुप्रै म्यूजिक भिडियोमा अभिनय गर्नुभएका मोडल पुलामी समाजसेवामा समेत उतिकै लागी पर्दै आउनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको