Logo
27 May 2024    १४ जेष्ठ २०८१, सोमबार

ताजा खबर

बूढानीलकण्ठका मेयरसहित तीन वडाअध्यक्षलाई एक महिना कैद सजाय महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट जेठ १५ गते व्यवसायसँगै समाजसेवामा निरन्तरता दिदै महेश बुढाथोकी बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक (म्युजिकल पोइट्रीसहित) विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति

करिश्मा र अन्जलीसंगै महिलाको भेषमा नायक गजित विष्ट(भिडियो)

Reporter

महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा तीज विशेष गीतहरु सार्वजनिक हुने क्रम बढेको छ ।  यसैबीच, एक भिन्न शैलीको तीज गीतको भिडियो सार्वजनिक भएको छ । – ‘यो रमाइलो तीजैमा‘।’ बोलको गीतमा लोकप्रिय अभिनेता गजित विष्टलाई महिलाको पहिरनमा प्रस्तुत गरेर नचाइएको छ । शम्भूजीत बासकोटाको संगीत तथा उन्नती बोहोरा शीलाका शब्दहरुको उक्त गीतमा गायिका सुनिता दुलालको स्वर रहेको छ ।

भिडियोमा अभिनेत्री करिश्मा मानन्धर, अञ्जली अधिकारीको साथमा अभिनेता विष्टलाई आकर्षक ढंगले महिलाको रुपमा प्रस्तुत गरिएको छ ।

गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशनमा बनेको पशुपति क्षेत्रमा छांयाकन गरिएको उक्त भिडियोको उत्तरार्धमा गीतको शब्द अनुसार अभिनेता विष्टले महिलाको भेष धारण गरेर नृत्य गरेका हुन् । रातो सारी, चोलो अभिनेता विष्टलाई निकै सुहाएको देखिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको