Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

डीस होमले सेयर जारी गर्ने

admin

काठमाडौं । नेपालको एकमात्र डाइरेक्ट टु होम टीभी सेवा प्रदायक डीस होमले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । डिसहोम सेवा सञ्चालन गरिरहेको डिस मिडिया नेटवर्क सोही प्रयोजनका लागि प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तर भएको छ । ‘हामीले हिजो  यो कम्पनीलाई प्राइभेटबाट पब्लिकमा रुपान्तरण गरेका छौं, अब छिटै सर्वसाधारणमा सेयर जारी गर्ने योजना रहेको छ,’ डिस होमका बजार बिभाग महाप्रबन्धक कल्याण अधिकारीले भने ।

डाइरेक्ट टु होम (डीटीएच) प्रणाली मार्फत् डिस होम कम्पनीले सेटलाइटमाध्यमबाट टेलिभिजन च्यानल सेवा प्रदान गरिरहेको छ ।  कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । नेपालका उदयीमान बिजेनस ग्रुपहरु प्रभु समूह, आइएमइ समूह तथा हङकङको एक कम्पनीको यो कम्पनीमा लगानी रहेको छ । बैदेशीक कम्पनी स्याण्ड मार्टिनको डिस होममा ४७ प्रतिशत सेयर लगानी रहेको छ । अधिकारीका अनुसार कम्पनीले हाल बार्षिक ४ सय करोडको कारोबार गर्दै आएको छ । कम्पनीले कति रकमको सेयर जारी गर्ने, अंकित मूल्यमा गर्ने वा प्रिमियम मूल्यमा भन्ने विषय भने केही दिनमा हुने कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गर्नेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको