Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त देउवा, कोइरालासहित कांग्रेस नेताहरू जुटे छलफलमा ‘एकताविरुद्धका गतिविधि स्वीकार्य छैनन्’: कार्यवाहक सभापति खड्का

डीस होमले सेयर जारी गर्ने

admin

काठमाडौं । नेपालको एकमात्र डाइरेक्ट टु होम टीभी सेवा प्रदायक डीस होमले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । डिसहोम सेवा सञ्चालन गरिरहेको डिस मिडिया नेटवर्क सोही प्रयोजनका लागि प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तर भएको छ । ‘हामीले हिजो  यो कम्पनीलाई प्राइभेटबाट पब्लिकमा रुपान्तरण गरेका छौं, अब छिटै सर्वसाधारणमा सेयर जारी गर्ने योजना रहेको छ,’ डिस होमका बजार बिभाग महाप्रबन्धक कल्याण अधिकारीले भने ।

डाइरेक्ट टु होम (डीटीएच) प्रणाली मार्फत् डिस होम कम्पनीले सेटलाइटमाध्यमबाट टेलिभिजन च्यानल सेवा प्रदान गरिरहेको छ ।  कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । नेपालका उदयीमान बिजेनस ग्रुपहरु प्रभु समूह, आइएमइ समूह तथा हङकङको एक कम्पनीको यो कम्पनीमा लगानी रहेको छ । बैदेशीक कम्पनी स्याण्ड मार्टिनको डिस होममा ४७ प्रतिशत सेयर लगानी रहेको छ । अधिकारीका अनुसार कम्पनीले हाल बार्षिक ४ सय करोडको कारोबार गर्दै आएको छ । कम्पनीले कति रकमको सेयर जारी गर्ने, अंकित मूल्यमा गर्ने वा प्रिमियम मूल्यमा भन्ने विषय भने केही दिनमा हुने कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गर्नेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको