Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान्लाई तीन वर्ष जेल

admin

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान्लाई तीन वर्ष जेल सजाय भएकाे छ । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् ।

पीडक श्रीमान्ले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउन अदालतले आदेश दिएको हो ।

फुङलिङ नगरपालिका घर भई फक्ताङलुङ गाउँपालिका बस्दै आएका पीडकको नाम खोल्दा पीडित समेतलाई असर गर्ने भएकाले दुबैको नाम गोप्य राखिएको छ ।

२०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी भदौ ३० गते अदालत पुगेको श्रेष्तेदार गोपाल थापाले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको