Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

न्यान्सी अग्रवालले जितिन मिस ग्यालेक्सी नेपालको ताज

admin

दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस ग्यालेक्सी नेपाल २०१८ उपाधी न्यान्सी अग्रवालले जित्न सफल भएकी छिन । राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि अयोजित प्रतियोगितामा न्यान्सी अग्रवालले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस ग्यालेक्सी २०१८ को ताज जित्न सफल भएकी थिइन् ।

मिस ग्यालेक्सी २०१८ को फस्ट रनरअपमा निश्मा आचार्य र सेकेण्ड रनरअपमा सम्झना चौधरीले उपाधि हात पारेकी छिन भने मस्ट पपुलरको ताज समेत बिजेता न्यान्सी अग्रवालले जित्न सफल भएकी थिइन् ।

मिस ग्यालेक्सी २०१८ सौन्दर्य प्रतियोगिताको अन्य विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुलेका चर्चित कोरियोग्राफर आस्विनी झाले कोरियोग्राफी गरेको थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई ब्यबसायिक मोडल बनाउन मिस ग्यालेक्सी २०१८ आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष टेक राज पाण्डेले बताए।

यस सौन्दर्य प्रतियोगिताको प्रमुख अतिथिमा काठमाडौँ महानगरपालिकाको उपमेयर हरि प्रभा खड्की श्रेष्ठ रहेकी थिइन् भने प्रतियोगिताको निर्णायकमा चर्चित नायिका रेजिना उप्रेती, गायक सिताराम पोखरेल, डा.सुमित्रा अर्याल, निर्देशक राजु केसी चिरन्जिबी गुरागाई, डा.राज्यश्री श्रेष्ठ तथा एलिजा मानन्धर रहेका थिए । मिस ग्यालेक्सी २०१८ को कार्यक्रम संचालन कोरियोग्राफर आस्विनी झाले गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिमा काठमाडौँ महानगरपालिकाको उपमेयर हरि प्रभा खड्की श्रेष्ठको हात बाट तिन जना आ(आफ्ना क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो जसमा ईभेण्ट अर्गनाइजर लब बहादुर कार्की, चर्चित कोरियोग्राफर आस्विनी कान्त झा तथा रंग पत्रकार सुर्य चन्द सम्मानित भएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको