Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’ ‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए : भारत

यस्तो रह्यो पाँचौ संस्करणको ‘मिसेस मंगोल नेपाल’को ‘ट्यालेन्ट शो’ (फोटो फिचर)

admin

मंगोल समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको ‘मिसेस मंगोल नेपाल २०१८’ को ‘ट्यालेन्ट शो’ राजधानीको नक्साल स्थित होटल क्राउन प्लाजामा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट भएका १६ प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, कुकिङ र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरे । प्रतियोगीहरुले देखाएको प्रतिभाको निणार्यक मण्डल तथा दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो ।

अमाजोन ईन्टरटेन्मेन्टको आयोजना रहेको ‘मिस नेपाल आईडल’ प्रतियोगिताको ट्यालेन्ट शोमा आर्टिस्ट नेपाल ग्रुपका अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक नव ढुंगेल, कोरियोग्राफर तथा मोडल हिमानी सुब्बा, प्याजेन्ट नेपालका सिईओ एबं संचारकर्मी राज लुईटेल, नृत्यनिर्देशक सन्दिप भुजेल, नर्सिङ आईडल फष्ट रनरअफप सुजिता खत्री, ड्रिम्स सर्च एजेन्सीका निर्देशक कमल निकोन छेत्री, ब्युटिसियन नेपाल बिजेता शिलाश्मा मल्ल ठकुरी निर्णायक रहेका थिए ।

बिवाहित मंगोल समुदायका महिलाहरुका आत्मबल र समाज प्रती उत्तरदायी बनाउने उदेश्य तथा मंगोल समुदायका महिलाहरुको हकहितको संरक्षण तथा थप जिम्मेवार बोध गराउन र उत्प्रेरित बनाउन बिगत ५ बर्ष देखी मिसेस मंगोल प्रतियोगिताको आयोजना गर्ने गरेको अमाजोन ईन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।

प्रतियोगीहरुले अन्तिम प्रतिस्पर्धाका लागि नेपालका प्रतिष्ठित एवं चर्चित विशेषज्ञ तथा प्रशिक्षकबाट संन्चारकला, बिकाश मोटिभेसन, लिडरसिप , पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेका छन् । प्रतियोगितामा धन माया मगर, निर्मला राई, शान्ता राई, अन्जु लो लामा, गंगा राई, करुणा श्रेष्ठ शेर्पा, सुशिला थापा मगर, सन्तोषी लिम्बु, देवकी लामा, पम्फा ओजी, प्रलिमा थापा, श्रीजना तमाङ र दुर्गा थापा लगायतका छन ।

आशाढ ११ गते नाचघर जमलमा हुने अन्तिम स्पर्धाका लागि प्रतियोगीताका विजेता तथा टाईटल विजेताहरुले उपाधिका साथमा बिभिन्न अवसर तथा आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । अन्तिम स्पर्धा कास्टमंडप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । हस्पीलिटी पार्टनरको रुपमा होटल क्राउन प्लाजा तथा फोटोग्राफी आर्टिष्ट नेपालका फोटोग्राफर कुबेर तामाङको रहेको छ । प्रतियोगीताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी छिन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको