Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

गायक यमनको सपना “नेपाल बिश्वकप फुटबलमा ” के बिपनामा परिणत होला ? (भिडियो सहित )

admin

रसियामा बिश्वकप फुटवल आयोजना भैरहेको छ । त्यसको प्रभाव नेपालमा समेत परेको छ । आफुले मन पराएका खेलाडीहरुको पक्षमा जताततै सम्बन्धित देशको झण्डा र टिसर्ट लगाएर समर्थन गर्दै आएका छन । बिश्वकप फुटबलमा विदेशीहरु खेलेर चर्चा बटुलिरहेका छन तर नेपालीहरु भने आफ्नो परिवारमा अड्कलबाजी गर्दै विबाद र मनमुटाव निम्त्याउदै छन ।


फुटबल प्रेमीहरु आफ्ना महत्वपूर्ण समयलाई समेत थाती राखेर फुटवल हेर्न र समर्थन गर्नमा नै व्यस्त देखिन्छन । सामाजिक संजाल फुटबलमय भएको छ ।

यसरी , सर्वत्र फुटबलमय भएको र सवै जना विदेशी राष्ट्रहरुको समर्थनमा उर्लिएको अवस्थामा गीत संगीतको माध्यमबाट नेपाललाई पनि बिश्वकपसम्म पुर्याउन नेपाली फुटबल खेलाडीहरुको प्रोत्साहनका लागि भिडियो सार्वजनिक भएको छ ।

चर्चित कलाकार तथा संगीतकार यमन श्रेष्ठको स्वर, शव्द तथा संगीतमा तयार भएको “गोल भन्ने कहिले हो” बोलको गीतमा उनले बिश्वकप फुटबलका लागी नेपालको सहभागीता अपरिहार्य भएको सन्देश दिन खोजेका छन ।
गाईजात्रा कार्यक्रममा समेत चर्चा हुने गीतको नेवारी भाषामा चर्चित एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अनुवाद गरेका छन् । जिवित जल्मीको ऐरन्जमा तयार भएको गीतको म्यूजिक भिडियोलाई सुरेन्द्र श्रेष्ठले निर्देशन गरेका छन । देवेन्द्र महर्जनले भिडियोको छायांकन गरेका हुन भने सम्पादन सुनील कृष्ण ताम्राकारको रहेको छ । भिडियोमा यमनको साथमा रिंकु बज्राचार्य तथा गृष्मा श्रेष्ठ लगायत ईमेज च्यानलबाट प्रसारण हुने “ख्वताबजी”का कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको