Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

गायक यमनको सपना “नेपाल बिश्वकप फुटबलमा ” के बिपनामा परिणत होला ? (भिडियो सहित )

admin

रसियामा बिश्वकप फुटवल आयोजना भैरहेको छ । त्यसको प्रभाव नेपालमा समेत परेको छ । आफुले मन पराएका खेलाडीहरुको पक्षमा जताततै सम्बन्धित देशको झण्डा र टिसर्ट लगाएर समर्थन गर्दै आएका छन । बिश्वकप फुटबलमा विदेशीहरु खेलेर चर्चा बटुलिरहेका छन तर नेपालीहरु भने आफ्नो परिवारमा अड्कलबाजी गर्दै विबाद र मनमुटाव निम्त्याउदै छन ।


फुटबल प्रेमीहरु आफ्ना महत्वपूर्ण समयलाई समेत थाती राखेर फुटवल हेर्न र समर्थन गर्नमा नै व्यस्त देखिन्छन । सामाजिक संजाल फुटबलमय भएको छ ।

यसरी , सर्वत्र फुटबलमय भएको र सवै जना विदेशी राष्ट्रहरुको समर्थनमा उर्लिएको अवस्थामा गीत संगीतको माध्यमबाट नेपाललाई पनि बिश्वकपसम्म पुर्याउन नेपाली फुटबल खेलाडीहरुको प्रोत्साहनका लागि भिडियो सार्वजनिक भएको छ ।

चर्चित कलाकार तथा संगीतकार यमन श्रेष्ठको स्वर, शव्द तथा संगीतमा तयार भएको “गोल भन्ने कहिले हो” बोलको गीतमा उनले बिश्वकप फुटबलका लागी नेपालको सहभागीता अपरिहार्य भएको सन्देश दिन खोजेका छन ।
गाईजात्रा कार्यक्रममा समेत चर्चा हुने गीतको नेवारी भाषामा चर्चित एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अनुवाद गरेका छन् । जिवित जल्मीको ऐरन्जमा तयार भएको गीतको म्यूजिक भिडियोलाई सुरेन्द्र श्रेष्ठले निर्देशन गरेका छन । देवेन्द्र महर्जनले भिडियोको छायांकन गरेका हुन भने सम्पादन सुनील कृष्ण ताम्राकारको रहेको छ । भिडियोमा यमनको साथमा रिंकु बज्राचार्य तथा गृष्मा श्रेष्ठ लगायत ईमेज च्यानलबाट प्रसारण हुने “ख्वताबजी”का कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको