Logo
03 Dec 2024    १८ मंसिर २०८१, मंगलवार

ताजा खबर

पत्रकार महासंघको चुनाव तालिका सार्वजनिक उपराष्ट्रपति यादवसंग कतारका राजदूतको शिष्टाचार भेटवार्ता प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता विराटनगरविरुद्ध सुदूरपश्चिमको शानदार जित साढे दुई लाख महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने एनपीएलको बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ

हेली गुरुङ्ग तथा डा. नम्रता खड्का कोइरालाले जिते ‘मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनल २०१८’को उपाधी, दुवै विजेताले पाए स्कुटर

admin

मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको मिसेस तर्फ डा. नम्रता खड्का कोइरालाले हात पारेकी छिन भने मिस तर्फ हेली गुरुङ्गले ताज पहिरन सफल भएकी छिन ।

बिवाहित महिला तथा युवतीका लागि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलका दुवै विजेताहरुले उपाधी सहित भेष्पा स्कुटर सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए , भने उपाधी विजेताहरुले अमेरिका तथा अष्टे«लियाको प्रतियोगितामा प्रतिनिधित्व गर्ने बिश्व मिडियाका सिइओ बिक्रान्त पौडेलले जानकारी दिए ।


कार्यक्रको मुख्य आकर्षण प्रतिस्पर्धीमध्ये एक जना लक्की विजेता सुशीला थापाले सुजुकी सेलेरियो कार जितेकी थिईन । उनले कारसंगै मिसेस तर्फको सेकेण्ड रनरअपको उपाधी समेत हात पार्न सफल भईन । फस्ट रनरअपको उपाधी भने राधिका केसीले हात पारेकी थिईन ।


त्यसै गरि मिस तर्फका फस्ट रनरअपमा आकृति पाठक सेकेण्ड रनरअपमा रोशीना थापा, थर्ड रनरअपमा रोजिना चौहना भईन भने मस्ट पपुलरको उपाधी विनिता कार्कीले हात पार्न सफल भईन ।

नेपाल अधिराज्यभरबाट छनौट भएका ३१ जना प्रतिस्पर्धीहरुले १ महिना लामो प्रशिक्षण पश्चात
गत असार २ गते आर्मी अफिसर्स क्लब, सुन्धारामा भएको ग्राण्ड फिनालेमा प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका लागि अनुप सक्सेना, सोनी खड्का, रुक्सा श्रेष्ठ तथा सनी सिंहले निणार्यक भूमिका निर्वाह गरेका थिए ।

पृथक सौन्दर्य प्रतियोगीता आयोजना गरेर चर्चा कमाएको बिश्व मिडियाले बिवाहित महिला तथा युवतीहरुको प्रतिभा निखार्ने तथा उनीहरुको हकहितको संरक्षण तथा थप जिम्मेवार बोध गराउन र समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन प्रतियोगिताको आयोजना गरिएको बिश्व मिडियाका प्रबन्ध निर्देशक त्रिज्ञा भेलेले बताईन ।
सनिष शाक्यको कोरियोग्राफीमा राज प्रतिलले प्रतियोगीताको व्यबस्थापकिय जिम्मेवारी सम्हालेका थिए । काष्ठमण्डप टेलिभिजनबाट प्रतियोगीताको प्रत्यक्ष प्रसारण भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको