Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

Site Oficial De Apostas Em Football, Esportivas Online E Cassino No Brasil 2025 १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

‘टीका बोम्जन एकल साँझ २०७५’ भव्य रुपमा सम्पन्न

admin

राजधानीको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित ‘टीका बोम्जन एकल साँझ २०७५’ भव्य रुपमा सम्पन्न भयो । हिमालयन ईभेन्टसको आयोजनामा आयोजित उक्त कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति थियो। केही दिनअघि सडक दुर्घटनामा परी उपचार गराई गरेका गायक शिव परियार बैसाखी टेकेर कार्यक्रममा पुगेका थिए । ‘मेरो हिँडडुल गर्ने अवस्था छैन तर टीकाको एकल साँझ भएकाले यहाँ आएँ’, शिवले भने, ‘टीका अहिले नेपाल सांगीतिक क्षेत्रका प्रतिनिधि पात्र हुन्।’ सो अवसरमा शिवले टीकाको संगीत रहेको ‘रोशी खोला तीरैमा’ बोलको गीत पनि सुनाए।

नेपाली सेनामा कार्यरत टीकाले २०५९ सालमा नगरकोटस्थित रिपिटर टावरको पोस्ट मर्मत गर्ने क्रममा लडेर हाइभोल्टेज करेन्टमा परी उपचारका क्रममा दुवै हात गुमाउनु परेको थियो। ‘२१ वर्षको उमेरमा मैले दुवै कर्मठ हात गुमाए पनि आज सयौं हातको साथ पाएको छु’, उनले भने। कार्यक्रममा टीकाले ‘बार प्रिय बार’, ‘तिमी मेरै’, ‘झरना पानी’, ‘यो देशलाई’, ‘सैलुङे गाउँकी’, ‘मैलेभन्दा माया दिने’ बोलका गीत प्रस्तुत गरेका थिए।

पवनवाङ लामाको ब्यान्ड संयोजनमा तबलामा कुमार महाराज र भुवन गन्धर्व, लिड गितारमा देवासिस मोक्तान, बेस गितारमा अनुप दास, बाँसुरीमा गोपालदेव घतानी, किबोर्डमा रूपम सिङ गुरुङ, अक्टोप्याडमा रूपेशसिंह गुरुङले टीकालाई वाद्यवादनमा साथ दिएका थिए। कार्यक्रममा दुर्गा परियार, इन्दिरा गोले, सुरेश लामा, अनिल लामालगायतले टीकाद्वारा संगीतबद्ध गीत गाएका थिए भने फिमफेदी गाइजले नृत्य प्रस्तुत गरेको थियो। नरेश भट्राई तथा शोभा त्रिपाठीले संचालन गरेको कार्यक्रममा समाजमा उत्कृष्ट योगदान पुर्याएबापत सर्जक,समाजसेवी तथा संचारकर्मीलाई सम्मान गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको