Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

‘मेस्सीलाई साथ दिने टिम नै भएन’ :अर्जेन्टिनी प्रशिक्षक

admin

क्रोएसियासँग लज्जास्पद हारपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले विश्वकपमा खराब प्रदर्शनको दोष खेलाडीहरुमाथि थोपरेका छन् । लिओनल मेस्सीलाई साथ दिने खेलाडी अर्जेन्टिनी टिममा नभएको उनको टिप्पणी छ ।

बिहीबार राति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । यो हारसँगै समूह डीमा रहेको अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

प्रशिक्षक साम्पाओलीले भनेका छन्, ‘अर्जेन्टिनी टिमका कारण मेस्सीको क्षमतामाथि बादल लागेको छ । लिओ सिमित छन् किनकी टिम उनीअनुसार छैन ।’

उनले गोलकिपर विली क्याबलेरोको पनि बचाउ गरे, जसको गल्तीले अर्जेन्टिनाले पहिलो गोल खाएको थियो । उनले भने, ‘क्याबलेरोलाई दोष दिनु उपयुक्त हुन्न ।’

आफूले फरक तरिकाले योजना बनाएको र, त्यसले विपक्षीमाथि दबाव बढ्छ भन्ने सोचेको भन्दै उनले भने, ‘पहिलो गोलपछि हामीले भावनात्मक रुपमा हायौं ।’

‘हाम्रो ड्राइभिङ फोर्स मेस्सी नै हुन् । तर, हामीले उनलाई भेट्टाउन सकेनौं । हामीले लिओलाई बल दिन टिमवर्क ग¥यौं । अर्को टिमले त्यसलाई छल्न काम गयौं ।’

यो हार आफ्नो लागि पनि लाजमर्दो भएको प्रशिक्षक सम्पाओली आफैंले स्वीकार गरेका छन् । उनले अर्जेन्टिनी समर्थक समक्ष माफी समेत मागेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको