Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

बिवाहित महिलाका लागि “मिसेस नेपाल ग्यालेक्सी”को आवेदन फाराम खुल्ला, असार २३ मा अडिसन

admin

काठमाडौँ – दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा बिवाहित महिलाहरुका लागि “मिसेस नेपाल ग्यालेक्सी २०१८” हुने भएको छ । बिगत केहि बर्ष देखि विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल दक्ष इन्टरनेशनलले अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिसेस नेपाल ग्यालेक्सी २०१८” को पहिलो सिजन सुरु गर्न लागेको हो ।
नेपालका वरिष्ठ व्यक्तित्व एवं कलाकारहरुको उपस्थितीमा भव्य रुपमा आयोजना हुने मिसेस नेपाल ग्यालेक्सीका लागि प्रतियोगिताको अडिसन यहि आउदो असार २३ गते आईतवारका दिन होटल रानीमहल नयां बानेश्वरमा हुन लागेका प्रबन्ध निर्देशक टेकराज पाण्डेले बताए । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ पच्चीस दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक पाण्डेले बताए ।
यस किसिमको प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । इच्छुक प्रतियोगीहरुले दक्ष इन्टरनेशनलको कार्यालय नया बानेश्वर , तथा ९८५१२१०६६७, ४४८७६९० मा सम्पर्क गरि आवेदन दिन सकिने छ ।
यस अघि युवतीहरुका लागि मिस ग्यालेक्सी नेपाल सिजन १ भव्य रुपमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ६० जना बढी प्रतिस्पर्धी सहभागी भएर आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको