Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

गर्लफ्रेण्डले मोटे भन्दै ब्रेकअप दिइन् , एक वर्षमै बनाए यस्तो शरीर !

Reporter

काठमाडौं । बढी मोटो शरीरले मानिसलाई विभिन्न समस्या पैदा गर्दछ । यसले केवल स्वास्थ्यजन्य तथा शारीरिक समस्याहरु मत्र होइन मानिसक तथा सामाजिक रुपमा पनि समस्याहरुको सिर्जना गर्दछ ।

मोटोपनाकै कारण प्रेम तथा वैवाहिक सम्बन्धहरु समेत टुटेका विभिन्न समाचार बेलाबखतमा पढ्न पाइन्छ । हालै एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

डेलीस्टारमा प्रकाशित समाचार अनुसार निकै मोटो जिउ भएकै कारण एकजना युवकलाई उनकी प्रेमिकाले छाडेकी थिइन् । मोटे भनेर गर्लफ्रेण्डले छाडेपछि ती युवकलाई पिर त पर्यो नै उनले उक्त शोकलाई शक्तिमा बदल्ने प्रण गरे ।

त्यसपछि उनले आफ्नो जिउको बोसोलाई यसरी घटाए कि झण्डै डेढ क्विन्टल तौल भएका ती युवक अहिले ६९ किलोका भएका छन् । गर्लफ्रेण्डको इखले झण्डै आधा शरीर घटाएका ती युवकको चर्चा सोसल मिडियामा चुलिएको छ ।

समाचार अनुसार पुवी नामका ती युवकलाई गतवर्ष उनकी प्रेमिकाले निकै मोटो भएको भनेर छाडेकी थिइन् । ब्रेकअपपछि पुवी केही दिनसम्म चिन्तामा डुबेर बसे । तर केही दिनमै उनले त्यो पीडालाई शक्तिमा बदले र आफुलाई तन्दुरुस्त राख्ने प्रण गरे । त्यसपछि उनले आफ्नो जिवनशैलीमा परिवर्तन गरे ।

ऋाफ्नो शरीरको रुपान्तरणका बारेमा टिकटकमा एक भिडियो शेयर गरेका उनले आफ्नो वजन १ सय ३९ किलोबाट ६९ किलोमा झरेको उल्लेख गरेका छन् ।

भिडियोमा उल्लेख गरे अनुसार गर्लफ्रेण्डले छाडेको केही दिनमै उनी जिमखाना जान सुरु गरे । सुरुमा उनले शरीरको वजन कम गरे र त्यसपछि फिटनेस र लुक्समा मेहेनत गरे । केही महिनामा त उनले एब्स पनि बनाए ।

प्हिले ट्रिपल एक्स एल साइजका कपडा लाग्ने उनको शरीरमा अहिले एल साइजका कपडा फिट हुने पुवी बताउँछन् ।

ऋाफ्नो शरीरको यस्तो चामत्कारिक रुपान्तरणको श्रेय उनी कडा मेहेनत र आहारलाई दिन्छन् । उनले जिमखानामा व्यायाम गर्नुका साथै आफ्नो डाइटमा पनि ध्यान दिए । तौल नियन्त्रणका लागि खानेकुरामा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

उनले भोजनमा धेरै प्रोटिनयुक्त खानेकुरा खान्थे । हरिया सागपात, कुखुराको मासु, अण्डा, ब्रेड आदि उनको भोजनमा सामेल भए । गुलियो, चिल्लो तथा बढि क्यालोरीयुक्त खानेकुराहरुबाट उनी टाढै रहे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको