Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

तिम्रो बचनले भिडियो लिएर आईन गायिका शान्ता

admin

३ बर्ष अगाडि बाचा एल्बम सार्वजनिक गरेर नेपाली साँगितिक बजारमा प्रबेश गरेकी गायिका शान्ता जिसीको नयाँ म्युजिक भिडियो ‘तिम्रो बचनले’ सार्वजनिक भएको छ । बुटवलको बागेश्वरी संगित बिद्यालयमा सात बर्ष संगीतको प्रशिक्षण लिएर संगितमा पाईला चालेकी शान्ताको यस म्युजिक भिडियोमा मोडल दिक्पाल कार्की, सम्पदा बानिया र बालकलाकार आयुशी लुईटेलको अभिनय देख्न सकिन्छ ।

गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने गायिका आँफैले शब्द कोरेकी छिन् । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ भने रेकर्ड तथा मिक्सिङ किशोर थापाले गरेका छन ।

भिडियोलाई आर्टिस्टनेपाल स्टुडियोस एन्ड प्रोडक्सनको ब्यानरमा निर्देशक नव ढुंगेलले निर्देशन गरेका छन । संचारकर्ममा एक दशक बिताईसकेका ढुंगेल मन छुने भिडियो निर्देशनमा माहिर छन । उनले ८० को हाराहरीमा म्युजिक भिडियो तथा १ दर्जन टेलिभिजन कमर्सियल निर्माण गरिसकेका छन । त्यस्तै भिडियोलाई अमृत सुनुवारले छाँयांकन गरेका छन भने माधव बेल्बासेले संपादन गरेका छन ।

गायिका शान्ताका यस् अघी बाचा ,तिज गीत टोकियोमा किनेको साडी, बरिलै लगायतका भिडियो सार्वजनिक छन ।

भिडियो

Amrit Sunuwar ArtistNepal Production & Studios Dikpal karki Nava Dhungel Nava Dhungel - Director Sampada baniya

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको