Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

कुम्भकर्णजस्ता बेहुला : ​बिहेमै निदाए, जन्तीले बोलाउँदा पनि उठेनन्

Reporter

काठमाडौं । भारतमा विवाहका क्रममा विभिन्न कार्यक्रमहरु हुन्छन् । यसमध्ये वरमाला एक हो । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जहाँ वरमालाको स्टेजमा फोटो खिचाउँदा खिचाउँदै थकित बनेका एक बेहुला निदाएका छन् ।

वरमालाको कुर्सीमा बस्दाबस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएकाहरुले उनलाई उठाउने कोसिस गरेका छन् । तर, ती व्यक्तिहरुले उठाउन खोज्दा पनि उनको निद्रा खुलेन । उनी कुम्भकर्ण जसरी गहिरो निद्रामा थिए । उनीसँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन् ।

यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । र, मानिसहरुले बेहुलाको निद्राको कारण जान्ने कोसिस गरिरहेका छन् । भारतमा कोरोनाकालमा बिहेमा सहभागी हुनका लागि मानिसहरुलाई निश्चित कोटा तोकिएको छ । मापदण्डभन्दा धेरै संख्यामा पाहुनाहरू बोलाउन पाइदैन ।

त्यहीकारण मानिसहरुले अनलाईन वा युट्युबमै बिहेका भिडियोहरू हेरेर टिप्पणी गर्न थालेका छन् । र, अहिले पुराना भिडियोहरू पनि भाइरल हुन थालेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको