Logo
31 Jan 2023    १७ माघ २०७९, मंगलवार

ताजा खबर

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )को मनोनयन सार्वजनिक सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लगातार सेयर बजार घट्नेक्रममा रोयल लाउञ्ज ब्याङ्क्वेट र बाजेको सेकुवालाई एक लाख जरिवाना काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते

असार २९ गते यल्लो प्यागोडा होटलमा ३० जना व्युटी पेजेन्टका टाईटल विनर एकै र्याम्प शोमा

admin

नेपालमा थुप्रै सौन्दर्य प्रतियोगीता हुने गर्छ । सौन्दर्य प्रतियोगीताले प्रतियोगीहरुको सौन्दर्यताको मात्र नभै बौद्धिक क्षमता, आत्मविश्वास लगायत प्रतिभा प्रस्फुटन समेत हुने गर्छ । पछिल्लो पटक सौन्दर्य प्रतियोगीता आयोजना गर्ने संस्थाहरुको सख्यां बढ्दै गईरहेको छ । तर सौन्दर्य प्रतियोगीतामा विजयी पश्चात थुप्रै विजेताहरु केहि समय पश्चात नै गुमनाम झै भएका पनि छन । कोही अवसर बाट बन्चित कोही समय ब्यबस्थापन त कोही विविध कारणले गर्दा टाईटल होल्डरमा नै सिमित भएर बसेका छन । यस्ता टाईटल होल्डरलाई एकै स्थानमा समेटी एउटै र्याम्पमा उतार्ने जमर्को गरेको छ  ‘प्याजेन्ट नेपालले ‘।


नेपाल अधिराज्यभरबाट करीव ३० जना नेपालका चर्चित व्युटी पेजेन्टका विजेताहरुलाई सहभागी गराइ नेपालमा पहिलो पटक एउटै र्याम्पमा क्राउन होल्डरको फेशन शो येल्लो प्यागोडा जमल काठमाडौ मा यहि असार २९ गते शुक्रवार हुने भएको छ । हाल आर्टिष्ट नेपालको हलमा नेपालका चर्चित कोरियोग्राफी संजय विक्रम तथा लोकप्रिय कलाकारहरु, अतिथी कोरियोग्राफी तथा फेशन एक्सपर्टबात तालिम भैरहेको छ ।
नेपालका चर्चित व्युटी प्याजेन्ट आयोजकले आफ्ना क्राउन होल्डर तथा टाईटल होल्डरलाई मात्र छनौट गरी यस शो का लागी संस्थाको प्रतिनिधिको रुपमा फेशन शोमा सहभागी गराएका छन । यस शोलाई आफ्ना विजेताहरुलाई महत्वपूर्ण अवसरको रुपमा प्रदान गराउने विश्वास व्युटी प्याजेन्ट आयोजकले जानकारी दिएका छन ।


नेपालकै सवैभन्दा ठूलो ड्राईभिङ्ग सेन्टर सुजुकी मोटर ड्राईभिङ्ग ईन्ष्टिच्युटले मुख्य प्रायोजन तथा कोरियाको  ठूलो कस्मेटीक उत्पादक कम्पनी द सेमको सह प्रायोजनमा सम्पन्न हुने उक्त फेशन शोमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहनेछ । भने शो स्टपर्समा चर्चित नायिका रहने जानकारी प्याजेन्ट नेपालका सिईओ तथा फेशन डिजाईनर ममता बस्नेतले जानकारी दिइन । ४ वटा सिक्वेन्स रहने शो मा नेपालका चर्चित फेशन डिजाईनर तथा मोडल सुमीत रजक, फेशन डिजाईनर, मोडल शेर खान तथा फेशन डिजाईनर जानुका राईका उत्कृष्ट डिजाईनमा तयार भएका पहिरनलाई १२ पुरुष विजेता तथा १८ महिला विजेताले र्याम्प शो गर्नेछन ।


थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले सौन्दर्य प्रतियोगीताका विजेता तथा क्राउन होल्डरलाई मोडलिङ्ग क्षेत्रको लागी एक अवसर हुने विश्वास आयोजकको रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको