Logo
04 Dec 2024    १९ मंसिर २०८१, बुधबार

ताजा खबर

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै दक्षिण कोरियाका राष्ट्रपतिले लगाएको ‘मार्शल ल’ संसदद्वारा खारेज चिनियाँ राष्ट्रपतिको घोषणा, नेपाललाई ९ अर्ब अनुदान दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत

नायिका संचिताबाट नौबिसे एग्रो रिसोर्टको उद्घाटन

admin

नौबिसे एग्रो रिसोर्टको एक समारोह बिच नायिका संचिता लुईटेल र धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले संयुक्तरुपमा औपचरिक शुभारम्भ गरेका छन् ।
काठमाडौंबाट गएका अतिथीका साथ स्थानिय होटल व्यवसायी तथा राजनितीज्ञका बिचमा आयोजित रिसोर्टको शुभारम्भ कार्यक्रममा बोल्दै नायिका लुईंटेलले अहिलेको समयमा अग्र्यानिक वस्तु र परिकारको सुविधाका साथ रिसोर्ट सञ्चालनमा ल्याइएकोमा खुशी व्यक्त गर्दै रिसोर्टमा स्थानियलाई रोजगारी दिनुपर्नेमा जोड दिइन् । त्यसै गरी अर्का प्रमुख अतिथी मेयर आचार्यले विविधताले भरिएको धादिङमा अग्र्यानिक सेवा र सुविधाका साथ यस किसिमको रिसोर्ट सञ्चालनमा ल्याइनु सुखद पक्ष भएको चर्चा गर्दै स्थानिय क्षेत्रलाई प्रोत्साहि गर्न नगरपालिकाले रिसोर्ट औपचारिकरुपमा सञ्चालनमा आउनुअघि नै नगरपालिकाका विभिन्न कार्यक्रम आयोजना गरिएको बताए। उनले धादिङलाई पर्यटनको आकर्षक केन्द्र बनाउन सकिनेमा जोड दिँदै यस पक्षमा यस्ता रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने तथा धुनिवेसी नगरपालिका सहकार्य गरेर अगाडि बढ्न तयार भएको बताए । त्यसै गरी धुनिवेसी कांग्रेस सभापति दिपेन्द्र पाठकले रिसोर्टको सफलताका लागि शुभकामना दिँदै आप्mनो क्षेत्रमा सञ्चालनमा आएको उद्योग, कलकारखाना तथा होटललाई हरेक तह र तप्काबाट साथ र सहयोग गर्नुपर्नेमा जोड दिए भने होटल व्यवसायी महासंघका केन्द्रिय सल्लाहकार लिलाप्रसाद ढकालले नौबिसे क्षेत्रमा पहिलोपटक स्तरिय रिसोर्ट सञ्चालनमा आएको बताए । रिसोर्टका अध्यक्ष तथा कार्यक्रमका सभापति खिमानन्द बस्यालले नौबिसेलाई पर्यटकिय हब बनाउने सोचले रिसोर्ट सञ्चालनमा ल्याइएको बताए ।


रिसोर्टका निर्देशक बालकृष्ण पोखरेलले काठमाडौंको कोलाहलबाट मुक्त भई शान्त र मनोरम परिवेशमा रम्न चाहनेहरुका लागि धुनिवेसीमा यो रिसोर्ट सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार रिसोर्टमा केही समयपछि नै त्यहीँ फलेका अग्र्यानिक फलफुलका साथ सागलगायतका तरकारीदेखि लिएर गाईभैंसीका दुधसम्म सेवन गर्न पाइनेछ । पारिवारीक वातावरणका साथ सेवा प्रदान गरिने भनिएको रिसोर्टमा हाललाई ८ आरामदायी शयन कक्षका साथमा सेमिनार र सभा हल, रेष्टुराँ, गार्डेन रेष्टुराँ र बारको ब्यबस्था छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको