Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनको भव्य तयारी

Reporter

काठमाडौ- काठमाडौ लेडी जेसीजको अतिथ्यतामा हुन गईरहेको नेपाल जेसीज क्षेत्र ग सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । भाद्र ३१ र असोज १ गते गरि दुई दिनसम्म नयांबजार स्थीत नेपा ब्याँक्वेटमा हुने उक्त सम्मेलनको विषयमा जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलन गरिएको थियो । सम्मेलन वारे थप जानकारी दिदै,कार्यक्रम भव्य र सभ्य हुने कुरा आतिथ्य शाखा अध्यक्ष जेसी सोनी श्रेष्ठले बताउनुभएको थियो ।
१८ देखि ४० वर्षका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था नेपाल जेसिजको वार्षिक कार्यक्रम अन्तर्गत गर्न लागिएको यस क्षेत्र  सम्मेलन उत्कृष्ट र अलग हुने सम्मेलन सभापति तथा निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी रमा प्याकुरेलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै, सम्मेलन निर्देशक तथा काठमाडौ लेडी जेसीज १९८८ का अध्यक्ष शारदा मानन्धर पाण्डेले, सम्मेलनलाई थप आर्कषक बनाउन नेपाली संस्कृति तथा वातावरण संरक्षणको सन्देश दिने खालका कार्यक्रम प्रस्तुत गरिने कुरा बताउनु भयो भने काठमाडौं लेडि जेसीजकी निवर्तमान अध्यक्ष जेसी रिंकु बज्राचार्यले उपस्थित सहभागीहरुको सुरक्षाका विषयलाई ध्यान दिईने जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा उपस्थित नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्षद्वय जेसी जीवन कार्की र जेसी जीवन श्रेष्ठले कार्यक्रमका लागि अग्रिम शुभकामना दिदै, आफने तर्फबाट कार्यक्रमलाई हुने सहयोग गर्न तत्पर रहेको कुरा बताउनुभयो ।
नेपाल जेसीज क्षेत्र ‘ग’ का निरुपीत राष्ट्रिय उपाधक्ष्य योगिराज अधिकारीले सम्मेलनले सम्पुर्ण जेसीज सदस्यहरुमा बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनु भयो ।
क्षेत्रगत सम्मेलनले जेसीज सदस्यहरुको लागि मात्र नभई समाजका हरेक तहका युवाहरुलाई एकताबद्ध गराउदै हरेक क्षेत्रमा लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण भूमिका खेल्ने अधिकारीले जनाउनु भयो ।
बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथी रहने उक्त कार्यक्रममा करिब ५०० बढिको सहभागिता रहने छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको