काठमाडौं । ठमेलबाट ‘प्रहरी हौ’ भन्दै ३० लाख लुटेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना युवाहरुलाई पक्राउ गरेको छ ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनबाट बुधबार मोटरसाइकलसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिन गाउँपालिका-३ घर भई हाल काठमाडौंको कपन बस्ने ३० वर्षीय देव लामा र रामेछापको सुनपाती गाउँपालिका-१ घर भई कपन बस्दै आएका २० वर्षीय मिन बहादुर तितुङ (रोहित) रहेका छन् ।
लोकप्रिय समाचार

