Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

कहाँ छन् सन्दीप लामिछाने, कहिले आउँछन् ?

Reporter

नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आउन अझै केही दिन लाग्ने बताइएको छ । हाल उनी सिंगापुरमा रहेको बताइन्छ ।

नेपालमा भने उनी कहाँ गए भनेर बहस सुरु भइसकेको छ भने नेपाली समाज पनि दुई कित्तामा विभाजित भइसकेको छ । एउटा पक्षले उनलाई दोषी करार गरिसकेको छ भने अर्को पक्ष पीडितमाथि नै खनिइरहेको छ ।

वेस्टइन्डिजमा क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न गएका बेला एक नाबालिगले गौशाला प्रहरी वृत्तमा आफूमाथि लामिछानेबाट करणी भएको भनेर उजुरी दिएकी थिइन् । घटना भदौ ५ गते भएको उजुरीमा उल्लेख । सन्दीप आफैंले आफू निर्दोष रहेको र नेपाल आउन लागेको बताएका थिए ।

त्यो समयदेखि उनी सम्पर्कमा छैनन् । प्रहरीले भने सन्दीपले आफैं कानूनलाई सघाउन आउने भनेको र सहयोग गर्ने अपेक्षाका कारण इन्टरपोललाई पनि नभनिएको बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको