Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

प्यूठानमा ४८ जना बिद्यार्थीहरु एकाएक बेहोस

admin

अमृत जीवन मावि नारीकोट प्यूठानमा ४८ जना बिद्यार्थीहरु एकाएक बेहोस हुने गरेका छन् । असार ५ गते देखि बेहोस हुने शिलशिला बढेकोले यतिवेला विद्यालय संगै सिंगो गाँउ नै त्रसित अवस्थामा रहेको छ ।

शुरुमा केही बिद्यार्थीलाई यस्तो समस्या देखिएको थियो । शुरुमा घटनालाई सामान्य रुपमा लिएपनि असोचनीय रुपमा घटना विकसित हुन पुगेकोे बिद्यालयका प्रधानाध्यापक रामचन्द्र गिरीले बताए ।

यो घटना एक वर्ष अगाडी पनि भएको थियो । उतीबेला कम विद्यार्थीलाई भएको र स्थानिय डाक्टरको उपचार पश्चात समस्या हल भएको उनले बताए । अघिल्लो वर्ष समस्यालाई हल गर्नका लागि विद्यालय नजिकै मन्दिरको निर्माण गरि त्यतिबेला पुजा गर्ने गरेको र अहिले सोही कार्य नगर्नाले यो समस्या दोहोरिएको हुनसक्ने उनको ठम्याई छ ।

बिहिवार सम्मको रिपोर्ट अनुसार ४८ जना बिद्यार्थी बिद्यालयमा बेहोस भएका छन् । त्यस मध्य ३७ जना छात्रा र ११ जना छात्र रहेका छन् । त्यसले गर्दा ३ हप्ता देखि बिद्यालयको पठनपाठन समेत प्रभावित बनेको छ । अभिभावकको भनाइ अनुसार घरमा हुँदा सामान्य हुन्छ तर बिद्यालय आँउदा परिस्थिती जटिल बन्छ । ३ हप्ता देखि देखिएको यो समस्यालाइ सम्बन्धित पक्षले ध्यान नदिँदा स्थिति भयावह बनेको छ ।

स्वास्थ्यकर्मीहरुका अनुसार यो मनोवैज्ञानिक रोग भएकाले नआत्तिन र नअतालिन आग्रह गरेका छन् । केहि दिन विद्यालय बन्द राखेर ती मनोवैज्ञानिक समस्याबाट प्रभावित विद्यार्थीलाई शान्त वातावरणमा छाड्दिन पर्ने उनीहरुको सुझाव रहेको छ ।

घटनाले भयाभह रुप लिएपछि विहिवार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी प्रमुख, जिल्ला शिक्षा विकास तथा समन्वय अधिकारी, स्वास्थ्यकर्मी सहितको टोली समस्याबारे थप बुझ्नका लागि त्यहा पुगेको थियो । घटनाबारे प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले स्वास्थ्य मन्त्रालयबाट विशेषज्ञ मनोवैज्ञानिक चिकित्सकलाई तत्काल बोलाउने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको