Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सोनितराज ढुंगेल ‘राष्ट्रिय व्यक्तित्व सम्मान ‘बाट सम्मानित

Reporter

संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सोनितराज ढुंगेल ‘राष्ट्रिय व्यक्तित्व सम्मान -२०७९’बाट सम्मानित भएका छिन ।
राजधानीमा सम्पन्न ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’ उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ मा मोडल समेत रहेका ढुंगेलले उक्त सम्मान पाएका हुन ।

प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का,चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, विशिष्ठ नृत्य निर्देशक राजु शाह, तथा विशिष्ठ अभिनेता धिरेन शाक्यको हातबाट उनलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रम व्यबस्थापन संघका महासचिव समेत रहेका ढुंगेल नाईस टेलिभिजन,भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियामा आवद्ध छन ।
दुवई,कतार,थाईलैण्डमा अन्तराष्ट्रिय अवार्ड समेत जितिसकेका ढुंगेल अभिनित केहि भिडियो सार्वजनिक हुने तयारीमा समेत रहेको छ । जेसिआई नेपाल मिडिया कोअर्डिनेट उनी ईमाडोल जेसीज २०२० का अध्यक्ष समेत हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको