Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न

Reporter

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न भएको छ । जेसीजमा आवद्ध युवाहरुलाई अन्तरनिहीत क्षमता बिकास गरी सामाजिक, ब्यवसायिक, आर्थिक, अन्तराष्ट्रिय क्षेत्रमा पहुँच बिस्तार गर्न नेपाल जेसीजले हरेक बर्ष क्षेत्र क, ख, ग र घ मा क्षेत्रगत सम्मेलन गर्ने सिलसिलमा भाद्र ३१ र असोज १ गते क्षेत्र ‘ग’ सम्मेलन काठमाडौमा भएको हो । सम्मेलनको काठमाडौ लेडि जेसीजको अतिथ्यता भएको उक्त सम्मेलनको समुद्घाटन समारोहका प्रमुख अतिथीका बाग्मती प्रदेश प्रमुख राजेन्द« पाण्डेले युवाहरुलाई देशमै रोजगारीको अवस्था श्रीजना गर्न बाग्मती प्रदेश सरकारले बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । त्यस्तै नेपाल जेसीज २०२२ का अध्यक्ष जेसीआई सिनेटर लालमणि भण्डारीले नेपाल जेसीजले युवाहरुलाई परिचालन गरी स्थानीय सरकार र केन्द्रीय सरकार संग सहकार्य गरेर अघि बढन तयार रहेको बताउनुभयो ।

नेपाल जेसीजका कार्यकारीणि उपाधक्ष्य तथा सम्मेलन सभापती रमा प्याकुरेलको सभापतित्वमा भएको दुइ दिने सम्मेलनमा नेपाल जेसीजको क्षेत्र ‘ग’ को साधरण सभा समेत सम्पन्न भएको छ । क्षेत्र ‘ग’ का सम्पुर्ण शाखा पदाधिकारी लगायत अन्य क्षेत्रहरुबाट समेत जेसीज पदाधिकारीको उल्लेख्य सहभागिता रहेको थियो । जसमा युवाबर्गलाई लक्षित बिभिन्न कार्यशालाहरु सञ्चालन गरिएको थियो । साथै क्षेत्र ‘ग’ मा उकृष्ट कार्य गरेका शाखाहरुलाई पुरस्कार तथा सम्मान समेत गरिएको थियो । नेपाल जेसीजको राष्ट्रियस्तरको कार्यक्रम आफ्नो शाखाले सफलतापुर्वक सम्पन्न गर्न सकेकोमा गर्व लागेको काठमाडौ लेडी जेसीजका अध्यक्ष सोनी श्रेष्ठ बताउनुभयो । त्यस्तै सम्मेलन निर्देशकका रुपमा आतिथ्य शाखा काठमाडौ जेसीजका पुर्व अध्यक्ष तथा सम्मेलन निर्देशक शारदा मानन्धर पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । क्षेत्र ‘ग’ को सम्मेलनको समापन संगै यस बर्षको नेपाल जेसीजको ४ बटै क्षेत्रको भेला सम्पन्न भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको