Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

चर्चित गायक राजेश पायल राई तथा गायिका जुनु गौतमको “मिठो मिठो प्रित बनोस” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

admin

चर्चित गायक राजेश पायल राई तथा गायिका जुनु गौतमको सुमुधुर आवाजमा रहेको “मिठो मिठो प्रित बनोस” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बानेश्वर स्थित एक रेष्टुरेन्टमा आयोजित कार्यक्रम बीच भिडियो सार्वजनीक गरिएको हो । नृत्य निर्देशक संघका पदाधिकारीहरु संचारकर्मी एवं गीत तथा भिडियोमा आवद्ध व्यक्तित्वहरुको उपस्थितीमा सार्वजनिक भएको गीत येशु थापा (यशोदा थापा) को उत्कृष्ट रचनामा ,तथा एमोस तामाङ्गले ऐरेन्ज गर्नुभएको छ भने अनिष श्रेष्ठले संगीत दिनुभएको छ ।

नृत्य निर्देशक संघ नेपाल को निर्माण तथा संघका उपाध्यक्ष तथा चर्चित निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गर्नु भएको छ । सिन्धुलीको खुर्कोट लगायतका वरपरका मनोरम स्थानहरुमा छायांकन गरिएको भिडियोलाई शिव ढकालले छायांकन गर्नुभएको छ मेकअपमा सन्तु तामाङ्ग रहनु भएको थियो भने सम्पादन प्रविण श्रेष्ठको रहेको छ । निर्देशक एवं संघका उपाध्यक्ष श्रेष्ठले ६ दर्जन बढी को हाराहारीमा उत्कृष्ट भिडियो निर्देशन गरिसकेका छन भने ८० भन्दा बढी चलचित्रमा नृत्य निर्देशन गरिसकेका छन ।

भिडियोमा चर्चित नायिका अनु शाह तथा मोडल एवं कराते खेलाडी चन्द्र पुलामीको अभिनय रहेको छ । बहुप्रतिभाशाली मोडल पुलामी करातेका थर्ड डन प्राप्त खेलाडी तथा राष्ट्रियस्तरको रेफ्री हुनुहुन्छ । करीव २ दर्जन बढी स्वर्ण पदक विजेता पुलामी व्यबसायमा पनि उतिकै सक्रिय रहदै आउनुभएको छ । ४ वर्षदेखि मोडलिङ्ग क्षेत्रमा लागेर थुप्रै म्यूजिक भिडियोमा अभिनय गर्नुभएका मोडल पुलामी समाजसेवामा समेत उतिकै लागी पर्दै आउनुभएको छ ।

म्यूजिक भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको