Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

निशान्त ल्यामो मगर बने ‘कलेज सेफ आईकन-२०१८’ को बिजेता

admin

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना गरिएको कुकिङ रियालीटी शो ‘कलेज सेफ आईकन’को उपाधि रिच कलेजका निशान्त ल्यामो मगरले जितेका छन् । तिस जना प्रतिस्पर्धीलाई पछी पार्दै मगरले सो उपाधी जितेका हुन । शीर्ष उपाधिसँगै निशान्तले १६,८२६ मत प्राप्त गर्दै आरती राईस, पब्लिक च्वाईस भोटिङ अवार्डको उपाधी समेत् हात पारे । उनले शीर्ष विधा र पब्लिक च्वाईस अन्तर्गत क्रमश ५० हजार र ३५ हजार नगद राशीको पुरस्कार, ट्रफी र अन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गरे । यसैगरी उक्त प्रतियोगिताको फस्ट रनरअप पोखरास्थित नेपाल टुरिजम होटेल म्यानेजमेण्ट कलेजकी बिनीता खत्री बनिन् । उनले १४,१७३ भोट प्राप्त गर्दै आरती राईस, पब्लिक च्वाईस भोटिङ अवार्डको फस्ट रनरअप समेत भइन् । त्यस्तै मदन आश्रीत टेक्निकल स्कुलकी अस्मिता दाहालले सेकेण्ड रनरअपको उपाधि हात पारिन भने पब्लिक च्वाईस भोटिङ अवार्डको सेकेण्ड रनरअप एनसिसिएस कलेजका कृष्ण तामाङ बने ।
गत मंगलबार राति सम्पन्न अवार्ड सेरोमनीमा प्रतियोगिताका अन्य प्रतिस्पर्धीहरुलाई पनि विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका विजेतालाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धर, साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिक्रित् उर्मिला श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । उपाधी बिजेता एबम् बिधागत रुपमा उत्कृष्ट बन्न सफल प्रतिस्पर्धीहरुले साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड, बनभोरी मार्ट, रिच् कलेज्, आरती राइस र राजेन्द्र टेलर्सका तर्फ बाट नगद एबम् आकर्सक गिफ्ट हम्पेर् प्राप्त गरेका थिए । सगतानी एक्जीमको प्रस्तुती रहेको उक्त कुकिङ रियालीटी शो कलेज सेफ आईकन नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । यस् शोको आयोजना ग्लोरी मिडिया र स्नेहा ट्राभल मिडिया नेपालले गरेका हुन् । कार्यक्रम सरोज ओझा को निर्देशनमा निर्माण भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको