Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

अमलेखगन्जमा बस पल्टिँदा १० जनाको मृत्यु

Reporter

बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । हेटौँडाबाट पथलैया आउँदै गरेको बा।प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए ।

घाइतेहरूको उद्धारको कार्य जारी छ, उनीहरूलाई सिमरस्थित अल्पाइन र हेटौँडा अस्पतालमा अपचारका निम्ति पठाउने कार्य भइरहेको उनले बताए ।

दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको