Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

यात्रारत यात्रा

Reporter

एभरेष्टमेन विषय देखे पछि कथा उन्ने तथा दृष्यमा बदल्ने गर्छु। समाजमा धेरै किसिमका विषयहरु हुन्छन् तर मलाई हाम्रै समाजका व्यक्तिले भोगिरहेका हाम्रै समाज वास्तविक विषयको मात्र कथा उन्न र दृष्यमा बद्लने सोच आउछ । मैले कथा बुनेका र दृष्यमा रुपान्तरण गरेका विषय कुनै विषेश लिङ्ग, जाति, क्षेत्रसँग सम्बन्धित हुने गर्छन् ।
यस क्रममा नयाँ ठाउँ खोज्ने र त्यसलाई यात्रादृष्यमा बदल्ने गर्छु यसले मलाई परम खुशी तथा आनन्द मिल्छ। यसै सिलसिलामा सन् २०११ मा सगरमाथाको चुचुरोबाट नेपाल बैंक लिमिटेडको व्यवसायिक विज्ञापन बनाए वापत विश्व रेकर्ड पनि बन्यो । यो अवधिको भोगाई र बुझाईका कारण सगरमाथाको आरोहणलाई गौरवमय बनाउने शेर्पा त्यसभित्रका पनि कथामा नभनिएका, नबुनिएका तर सगरमाथाको गरिमामा ईटा थपिरहनेहरुको विषयले मलाई एभरेष्टमेन बनाउन प्रेरित गर्यो ।
एभरेष्टमेन हिमाल आरोहणमा असाधारण क्षमता भएका कामीरिता शेर्पाको आरोहण जीवनको कथा हो । जो आजका दिनसम्म हिमाल आरोहणमा सक्रिय हुनुहुन्छ ।
एभरेष्टमेन एक व्यक्ति जसले आफ्नो कर्मलाई निरन्तरता दिने क्रममा विश्वस्तरमा ख्याति कमाएको कर्मजीविको वास्तविक कथा हो । उनै कर्मवीरको आरोहणको कथालाई दृष्यमा बदल्ने कार्यले संयुक्त राज्य अमेरिकाको ओहायोमा सन् २०२२ अक्टोबर ५ देखि ९ सम्म भएको १३ औं वार्षिक चाग्रिन डकुमेन्ट्री फिल्म फेस्टिभलमा सहभागी भएका विश्वभरका डकुमेन्ट्रि फिल्म मेकरहरुमध्ये
प्यानलिष्टका रुपमा सहभागी भई नेपाल, हिमाल र कामरीति शेर्पा जस्ता आरोहीलाई विश्वमाझ प्रस्तुत गर्न पाउदा आफूलाई भाग्यशाली महसुस गरेको छु ।
सन् २०१९ को प्रतिकूल मौसम, डकुमेन्ट्री निर्माणका सम्बन्धमा अपर्याप्त फुटेज,आरोहणको आरम्भिक दिनका अभिलेखको कमी, आर्थिक, प्राविधिक लगायतका समस्या बाबजुद जीवित महान साहसिक व्यक्ति कामीरिता शर्पाको आरोहणको कथालाई दृष्यमा बदल्ने कार्यले पूर्णता पायो र आज विश्वभर यात्रारत छ । यस्ता कर्मवीरहरुको विश्व परिक्रमाको यात्रा निरन्तर चलिरहन्छ ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको