Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

‘फेसियल हाउस’को छैटौं नयाँ शाखा धनगढीमा

Reporter

काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा संचालन गरेको छ । धनगढीको चौडामा आज एक कार्यक्रमका विच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । महराले सुदुरपश्चिममा शाखा विस्तार गरे सँगै पश्चिम हुँदै पुर्वतिर पनि सेवाग्राहीहरूले गुणस्तरीय सेवा खोज्न थालेपछी फेसियल हाउसको अन्य शाखा विस्तार गर्ने लागेको बताएकी छन् । सो कार्यक्रमका प्रमुख अतिथि रहेका कुँवरले आफ्नो मन्तव्य राख्दै भने आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यबाद दिएका छन् ।

काठमाडौंको काठमाडौं मल, चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबाट गुणस्तरीय सेवा दिदैँ आएको फेसियल हाउसले अव भने धनगढीबाट पनि सेवा प्रदान गर्ने छ । धनगढीमा सञ्चालनमा ल्याइएको फेसियल हाउसको नेतृत्व भने सविता ऐरले गर्ने छिन् । धनगढीका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् । फेसियल हाउस नेपालकै उत्कृष्ट सैंलुन मध्ये नंम्वर १ मा पर्ने सैंलुन हो ।मुख्य शाखा सुन्धारा रहेको फेसियल हाउसमा एकैपटक ८० जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने गर्दछन् । फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप ,माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदैँ आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको