Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

कंगारु एजुकेशनको शैक्षिक मेला आयोजना हुने

admin

कंगारु एजुकेशन फाउण्डेशनले विधार्थीहरुलाई बैदेशिक शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एक दिने कंगारु एजुकेशन फेयर आयोजना गर्न लागेको छ । यहि आउँदो साउन १६ गते बुधबार कंगारु एजुकेशन फाउण्डेशनको केन्द्रीय कार्यालय, एबि कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभा हलमा आयोजना हुने उक्त शैक्षीक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजीलेण्ड र यूरोपका बिभिन्न २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागीता रहने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

उक्त शैक्षिक मेलामा आउनुहुने सम्पूर्ण विद्यार्थी अभिभावकहरुले विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरु सँग प्रत्यक्ष भेट गरि अन्तरक्रिया गर्न र सत्य तथ्य जानकारी लिन पाउनेछन । त्यस देशको जिवनशैली, कलेज विश्वविद्यालय छनौट, छात्रवृत्ति देखि लिएर परिपक्व डकुमेन्टेसन मार्पmत भर्ना र भिजाका सम्बन्धमा पनि परामर्श लिन सकिने बताइएको छ ।
यो शैक्षिक मेलामा आउनुहुने विद्यार्थी र अभिभावकहरुलाई निशुल्क प्रबेशको ब्यवस्था मिलाइएको छ भने बिधार्थीलाई बिशेष अफर र गिफ्ट हयाम्पर प्रदान गरिने बताइएको छ । एजुकेशन फेयर बिहान १० बजेदेखि ५ बजेसम्म कंगारुको सभा हलमा आयोजना हुनेछ ।
मेलामा आइ.डी.पी र सिदार्थ बैक पनि सहभागी हुन लागेकाले , अग्रेजी भाषा परीक्षा रजिष्टेसन, आइएलटिएस तथा शैक्षिक कर्जा, बिप्रेषण सेवा सम्बन्धी जानकारी लिएर विद्यार्थी र अभिभावकहरु लाभन्वित हुन सक्नेछन । काठमाडौको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सातवटा शाखा कार्यालयहरु साथै अस्ट्रेलियामा दुईवटा र बंगलादेशको ढाकामा एक शाखा कार्यालय रहेको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको