Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

डेङ्गीको नयाँ सेरोटाइप पुष्टि

Reporter

नेपालमा यो वर्ष डेङ्गीको नयाँ सेरोटाइप पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेङ्गीको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए ।

प्रतिष्ठानमा १२ वटा नमुनामा परीक्षण गर्दा सात वटामा सेरोटाइप ‘वान’ देखिएको छ भने पाँच वटा नमुनामा सेरोटाइप ‘थ्री’ पुष्टि भएको दाहालले बताए । डेङ्गीको चार वटा सेरोटाइप हुनेमा सेरोटाइप वान र टु योभन्दा अगाडि पनि नेपालमा देखिएको थियो भने सेरोटाइप थ्री भने पहिलो पटक नेपालमा देखिएको हो ।

धरानमा गरिएको परीक्षणबाट आएको नतिजालाई आधार मानेर देशभर नै सेरोटाइप थ्री देखिएको भन्न नमिल्ने डा.प्रमुख दाहालको भनाइ छ । अब धेरै नमुना परीक्षण गरेर कुन सेरोटाइप नेपालमा छ भन्ने जानकारी लिने उनले बताए ।  कुनै व्यक्तिलाई एउटा सेरोटाइपको डेङ्गी पहिला नै पुष्टि भइसकेको छ भने अर्को सेरोटाइप पनि देखियो भनेमात्रै जोखिम हुन सक्ने डा. दाहालको भनाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको