Logo
01 Feb 2023    १८ माघ २०७९, बुधबार

ताजा खबर

विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ भारतबाट बढेर आयो इन्धनको भाउ माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित खेर जाँदै ४० लाख ‘डोज’ खोप सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

महानगरद्वारा बाबु आमा गुमाएका बालबालिकालाई मासिक वृत्ति दिने

Reporter

काठमाण्डौ महानगरपालिकाले बाबु आमा गुमाएका बालबालिकालाई मासिक वृत्ति दिने प्रकृया अगाडि बढाएको छ ।

काठमाण्डौ महानगरपालिका सामाजिक विकास विभागले आज सूचना निकालेर त्यस्ता बालबालिका वा संरक्षकलाई वडा कार्यालयमा आवेदन दिन अनुरोध गरेको छ ।

महानगरले महानगरभित्र स्थायी ठेगाना भएका आमा र बाबु दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चितत गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले बाबु र आमा दुवैको मृत्यु भएका वा दुवैको संरक्षण र रेखदेखबाट बञ्चित भइ अरूको संरक्षणमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणका लागि मासिक वृत्ति प्रदान गर्ने जनाएको छ ।

महानगरपालिकामा बसोबास गर्ने बाबु आमाविहीन बालबालिका वा निजको संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसोबास गरेको वडा कार्यालयमा ३० दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको हो ।

वडा कार्यालयलाई सिफारिसका लागि बालबालिकाको संरक्षक वा स्याहारसुसार गर्ने व्यक्तिहरूबाट निवेदन प्राप्त हुन आएमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता प्राप्त गरेको भएमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि), आमा र बाबु दुवैको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि वा बाबु वा आमा दुवै बेपत्ता भएको वा दुवैको संरक्षण र रेखदेखबाट वञ्चितीकरणमा परेको प्रमाणित कागजात, विद्यालय भर्ना भइ नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र, संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि जस्ता कागजातका आधारमा दिनुपर्ने भनिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको