Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

आज अक्षय तृतीया, सातु र सर्वत दान गरेर मनाइँदै छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल

न्युयोर्कमा गुँन्जदै रामकृष्ण ढकाल, जुलाई २८मा “ढकाल सुमधुर साँझ” को आयोजना हुने

admin

गायक रामकृष्ण ढकाल यतिखेर अमेरिका छन । भ्रमणको शिलशिलामा अमेरिका पुगेका ढकालको न्युयोर्कमा आउँदो जुलाई २८ तरिकाको दिन “ढकाल सुमधुर साँझ” नामक को एक भब्य साँगितिक कार्यक्रमको आयोजना हुन लागेको छ । नेपाली सुगम सङ्गीतका हस्ती रामकृष्ण ढकालको सम्भबत: अमेरिकाको न्युयोर्कमा उनको यो पहिलो लाइभ प्रस्तुती हो ।

हिमालयन इभेन्ट तथा मितेरी ग्रुप अमेरिकाको प्रस्तुति रहेको ‘ढकाल सुमधुर साँझ’मा ढकालले अहिले सम्मका उत्कृष्ट गीतहरु प्रस्तुत गर्नेछन । उनको लाईभ एकल गायनमा न्युच्छे नारायण ढंगोल, शिशिर श्रेष्ठ, सुशील विश्वकर्मा, प्रमोद उपाध्याय, विष्णु सुनार र डेविड सुरावि ढकालले वाध्यबाधनको रुपमा सहयोग गर्ने छन् ।

२०४५ सालमा १४ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन । १० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौ गीतहरु चर्चित छन ।

आयोजक समितीका अभय ढुंगेलले गायक ढकालका बर्षौ अगाडी रेडियो, टेलिभिजनमा सुनेका चर्चित गीतहरूलाई लाईभ म्युजिकका साथ आफ्नै अगाडी पारिवारिक बाताबरणमा रमाउँदै सांगितिक मज्जालिन सकिने बताए । गायक तथा आयोजक समितीमा अभय ढुंगेलले प्रवासमा रहेका नेपालीहरू जो नेपाली गीत सङ्गीत प्रति माया गर्नेहरुलाई एक उत्कृष्ट कार्यक्रम रहने र सहभागी हुनका लागी समेत अग्राह गरेका छन् ।

कार्यक्रम न्युयोर्क एभिन्यु वुडसाईड स्थित गुल्सन टेरेसमा शनिबार , जुलाई २८ मा ७ बजे देखी सुरुहुने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको