
काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ बस त्रिशुली नदीमा खसेको छ ।
शुक्रवार बिहान करिब पौने १२ बजे ना। ५ ख ७४०९ नम्बरको ट्रक सँग ठक्कर खाएपछि बस त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता ९डिएसपी० प्रभु ढकालले जानकारी दिएका छन् ।
सडकबाट करिब १०० मिटर तल नदि किनारमा खसेको बसका यात्रुहरुको उद्धार कार्य भइरहेको डिएसपी ढकालले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले यात्रुहरुको उद्धार गरिहरको छ भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक सहितको टोली घटनास्थलतर्फ गएको बताइएको छ ।

लोकप्रिय समाचार