Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

उपत्यकाको अस्तव्यस्त तार हटाउँदै प्राधिकरण

Reporter

काठमाडौं उपत्यकाको सडक पोलका अस्तव्यस्त तार हट्ने भएको छ । नेपाल विद्युत् प्राधिरकणले पोलमा अस्तव्यस्त रूपमा टाँगिएका इन्टरनेट र केबल टेलिभिजनको तार हटाउन लागेको हो ।

प्राधिकरणले त्यस्ता तार व्यवस्थापन गर्न ४५ दिनको समयसीमा तोकेको छ । प्राधिरकणले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रूपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

प्राधिरकणले त्यस्ता तारले सहर कुरूप बनाएको तथा आगलागीलगायतका विद्युतीय दुर्घटना बढेको र विद्युत् सेवा प्रवाहमा पनि असर गरेको जनाएको छ ।

आगलागी नियन्त्रण गर्न र विद्युत् सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्नसमेत निर्देशन दिएको छ ।

प्राधिकरणले प्राधिरकणले ४०० भोल्ट लाइनको नांगो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेमीको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दूरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ । त्यसैगरी, ४०० भोल्टको इन्सुलेटेड तार र अन्य तारबीच ३० सेमीको दूरी र यस्तो पोलमा पैदलमार्गसाग तारको दूरी ५.५ मिटर कायम गर्ने प्राधिकरणले निर्देशन दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको