Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’ ‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए : भारत

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध

admin

बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानदेखि नै सडक अवरुद्ध भएको हो ।

सो स्थानमा पटक पटक पहिरो खस्ने गरेको छ । यस वर्ष मात्र हेडबक्समा पहिरो खसेको यो छैटौ पटक हो ।  सडक अवरुद्ध हुँदा बुटवल हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र विभिन्न स्थानबाट बुटवलतर्फ आइरहेका सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।
लगातार परेको भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको