Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध

admin

बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानदेखि नै सडक अवरुद्ध भएको हो ।

सो स्थानमा पटक पटक पहिरो खस्ने गरेको छ । यस वर्ष मात्र हेडबक्समा पहिरो खसेको यो छैटौ पटक हो ।  सडक अवरुद्ध हुँदा बुटवल हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र विभिन्न स्थानबाट बुटवलतर्फ आइरहेका सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।
लगातार परेको भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको