Logo
31 Jan 2023    १७ माघ २०७९, मंगलवार

ताजा खबर

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )को मनोनयन सार्वजनिक सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लगातार सेयर बजार घट्नेक्रममा रोयल लाउञ्ज ब्याङ्क्वेट र बाजेको सेकुवालाई एक लाख जरिवाना काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते

नेपाली युवा क्रिकेट टोलीले बल्ल आज पहिलो अभ्यास खेल

admin

काठमाडौं : आइसीसी यू-१९ विश्वकप क्रिकेट छनोटको तयारीका लागि भारतमा रहेको नेपाली युवा क्रिकेट टोलीले बल्ल आज पहिलो अभ्यास खेल खेल्ने मौका पाएको छ। गत जुन २३ मा भारतको नोइडा गएको नेपाली यू-१९ टोलीले यसअघि अभ्यास खेल खेल्ने भन्दै आएपनि नेट प्राक्टिस र प्रशिक्षणमै रमाउनु परेको थियो। जुन २७ र जुलाई १ मा अभ्यास खेल खेल्ने भनिए पनि हुन सकेन। आज नेपाली यू-१९ टोलीले ग्रेटर नोइडाको फ्रेण्ड्स स्पोर्ट्स एकेडेमीसँग खेल्दैछ। गौतम बुद्ध युनिभर्सिटी क्रिकेट ग्राउण्डमा भइरहेको खेलमा घरेलु टोलीले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। यो समाचार तयार पार्दासम्म नेपालले ९ ओभरमा २ विकेट गुमाएर २३ रन बनाएको छ।

नेपाली टिमका व्यवस्थापक तथा टेक्निकल डिरेक्टर रमन शिवाकोटीका अनुसार खेल ४० ओभरको हुनेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको