Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ- अर्थमन्त्री पुन ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि… पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई दुबईमा भिषण बर्षा, के क्लाउड सीडिङ हो कारण ?

पाँच सय शुल्क लिएर विश्वकप फुटबल ‘लाइभ’ प्रसारण गर्ने बाटो खुला

Reporter

सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।

न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश जारी गरेको हो ।

आदेशसँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क पाँच सय रुपैयाँ लिएर विश्वकप फुटबल लाइभ देखाउन पाउने भएका छन् । साथै, सर्वोच्चको उक्त आदेशसँगै मिडिया हब प्रालिलाई विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग अतिरिक्त पाँच सय शुल्क लिने बाटो खुला भएको छ ।

अधिवक्ता किशोर पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा दर्शकसँग शुल्क नलिई प्रसारण गर्नुपर्ने भन्दै रिट निवेदन दायर गरेका थिए ।

तर, अब शुल्क लिएरै विश्वकप प्रत्यक्ष प्रसारण गर्ने कानुनी बाटो खुला भएको छ । कानुनी बाटो खुला भएसँगै मिडिया हब विश्वकप लाइभको प्रसारणको तयारीमा जुटेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको