Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

‘नन्दिता गुनगुन’ लिएर आउदै नन्दिता वैद्य

admin

२०६४ साल असार २० गते काठमाडौको जयबागेश्वरीमा बुवा नन्दराज वैद्य तथा आमा रिता नेम्कुल वैद्यको कोखबाट जन्मेकी नन्दिता राज बैद्य सानै उमेरदेखी प्रतिभावान छिन । विद्यालयमा भैरहने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भै पटक पटक विभिन्न पुरस्कार तथा पदकहरु जित्न सफल अलौकिक स्वरकी धनी नन्दिताले थुप्रै गीतहरु गाएर दर्शक श्रोताहरुको मनमा बस्न सफल उनले ४ वर्षको उमेरदेखि भोकल क्लास लिन थालेकी नन्दिता  गायनमा मात्र नभै नृत्यमा पनि उतिकै रुचि राख्छिन । सोही कारण ७ वर्षको उमेरदेखि नै वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठबाट लोक तथा शास्त्रीय नृत्य सिक्दै आईरहेकी छिन ।


ललितपुरको प्रिमियर ईन्टरनेशनल स्कूलमा कक्षा ६ मा अध्ययनरत नन्दिताले ईलाहावाद संगीत महाविद्यालयबाट २०१७ को प्रथम वर्षको परिक्षामा शास्त्रीय संगीत उतिर्ण गरेकी नन्दिताले चाडै नै उनको पहिलो सांगितिक एल्बम सार्वजनिक गर्ने तयारीमा छिन । ‘नन्दिता गुनगुन’ नाम दिएको उक्त एल्बममा गीतकार गणेशराज वैद्य, चर्तुभुज केवरत, गुरुदेव कामत तथा डिपी खनालको रचना तथा संगीतकार गुरुदेव कामत र उत्तम थापामगरको संगीतमा तयार पारिएको एकल वालगीत संग्रहमा उनको उत्कृष्ट आवाज रहेको छ । म्यूजिक नेपालले बजार प्रवद्र्धन गरेको उक्त एल्बममा समावेश ‘पूतलीको नाना’ बोलको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिने भिडियोका निर्देशक एवं कार्यक्रम व्यबस्थापनको जिम्मेवारी लिएको नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए । गीति संग्रह एवं म्यूजिक भिडियो सार्वजनिक आगामी शनिवार १९ गते प्रिमियर स्कुलमा गरिने जानकारी कार्यक्रम व्यबस्थापक एवं नृत्य निर्देशक संघका अध्यक्ष भुवनदास श्रेष्ठले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको