Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

‘नन्दिता गुनगुन’ लिएर आउदै नन्दिता वैद्य

admin

२०६४ साल असार २० गते काठमाडौको जयबागेश्वरीमा बुवा नन्दराज वैद्य तथा आमा रिता नेम्कुल वैद्यको कोखबाट जन्मेकी नन्दिता राज बैद्य सानै उमेरदेखी प्रतिभावान छिन । विद्यालयमा भैरहने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भै पटक पटक विभिन्न पुरस्कार तथा पदकहरु जित्न सफल अलौकिक स्वरकी धनी नन्दिताले थुप्रै गीतहरु गाएर दर्शक श्रोताहरुको मनमा बस्न सफल उनले ४ वर्षको उमेरदेखि भोकल क्लास लिन थालेकी नन्दिता  गायनमा मात्र नभै नृत्यमा पनि उतिकै रुचि राख्छिन । सोही कारण ७ वर्षको उमेरदेखि नै वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठबाट लोक तथा शास्त्रीय नृत्य सिक्दै आईरहेकी छिन ।


ललितपुरको प्रिमियर ईन्टरनेशनल स्कूलमा कक्षा ६ मा अध्ययनरत नन्दिताले ईलाहावाद संगीत महाविद्यालयबाट २०१७ को प्रथम वर्षको परिक्षामा शास्त्रीय संगीत उतिर्ण गरेकी नन्दिताले चाडै नै उनको पहिलो सांगितिक एल्बम सार्वजनिक गर्ने तयारीमा छिन । ‘नन्दिता गुनगुन’ नाम दिएको उक्त एल्बममा गीतकार गणेशराज वैद्य, चर्तुभुज केवरत, गुरुदेव कामत तथा डिपी खनालको रचना तथा संगीतकार गुरुदेव कामत र उत्तम थापामगरको संगीतमा तयार पारिएको एकल वालगीत संग्रहमा उनको उत्कृष्ट आवाज रहेको छ । म्यूजिक नेपालले बजार प्रवद्र्धन गरेको उक्त एल्बममा समावेश ‘पूतलीको नाना’ बोलको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिने भिडियोका निर्देशक एवं कार्यक्रम व्यबस्थापनको जिम्मेवारी लिएको नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए । गीति संग्रह एवं म्यूजिक भिडियो सार्वजनिक आगामी शनिवार १९ गते प्रिमियर स्कुलमा गरिने जानकारी कार्यक्रम व्यबस्थापक एवं नृत्य निर्देशक संघका अध्यक्ष भुवनदास श्रेष्ठले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको