Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

सामाजिक विकास राज्यमन्त्री शर्मालाई उच्च अदालत जनकपुरबाट पक्राउ गर्न परमादेश

admin

राजपाबाट प्रदेश नम्बर २ मा सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहेका अभिराम शर्मालाई उच्च अदालत जनकपुरले पक्राउ गर्न परमादेश दिएको छ । प्रहरीको फरार सूचीमा रहेका शर्मालाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय माधवप्रसाद पोख्रेल र रवि शर्माको संयुक्त इजलास बिहिबार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको हो ।

राज्यमन्त्री शर्मा असई थमन विकको हत्याका फरार अभियुक्त हुन् । केही समयअघि मात्र राजपाले राज्यमन्त्री बनाएका उनीसँगै अर्का अभियुक्त रामशंकर मिश्र पनि जलेश्वर नगरपालिकाका मेयर रहेका छन् । केही अभियुक्तहरु भने जलेश्वर कारागारमा थुनामा रहेका छन् ।

फरार सूचीमा रहेका राज्यमन्त्री शर्मा लगायतका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै हत्या भएका असई विककी श्रीमती शोभा गहतराजले २०७२ साल चैत २८ गते अदालतमा मुद्धा दायर गरेकी थिइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको