Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

विश्व कपमा घानाले दक्षिण काेरियालाई ३–२ गाेलले हरायाे

Reporter

फिफा विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज सोमवार भएको दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई हराएको छ ।

एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हरायो । पहिलो हाफमा घानाले २–० को अग्रता लिएको थियो । उसका लागि मोहम्मद सलिसुले २४ औँ र मोहम्मद कुदुसले ३४ औँ मिनेटमा गोल गरे ।

दोस्रो हाफको ५८ औँ र ६१ औँ मिनेटमा चो ग्यु सङले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काउने सङ्केत गरेका थिए । तर ६८ औँ मिनेटमा घानाका कुदुसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए ।

यो जितसँगै घाना तीन अङ्कसहित समूह ‘एच’ को दोस्रो स्थानमा उक्लिएको छ । दक्षिण कोरिया एक अङ्कसहित तालिकाको पुछारमा छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको