Logo
09 Feb 2023    २६ माघ २०७९, बिहीबार

ताजा खबर

केपी ओली कपमा आठ टोलीबीच प्रतिस्पर्धा हुने फागुन मसान्तभित्र सवारी कर भुक्तानी गरे जरिवाना छुट सिंहदरबारमा २४ सै घण्टा मेलम्चीको पानी देउवा विरुद्दको रिटमा सर्वोच्चको कारण देखाउ आदेश माओवादी केन्द्र छाडिन् उर्मिला अर्यालले युएईमा हुन लागेको ‘नेपाली सिनेमा फेस्टिभल’ को तयारी तीव्र

गएराति देखी परेको वर्षाले भक्तपुर फेरि डुबानमा

admin

भक्तपुर फेरि पनि डुबानमा परेको छ । गएराति देखी परेको वर्षाले भक्तपुरकाे  सल्लाघारी, राधेराधे, सिर्जनानगर लगायतका क्षेत्र डुबानमा परेका हुन् ।यसअघि २८ असारमा पनि भक्तपुर डुबानमा परेको थियो ।

आइतबार बिहानै प्रभावित क्षेत्रको निरीक्षण गरेका प्रमुख जिल्ला अधिकारी भट्टले भने, ‘सडक विभाग र नगरपालिकाको सक्रियतामा भासिएको ठाउँमा फिलिङ गर्ने र थप क्षति हुन नदिने काम भइरहेको छ ।’

तर, यातायात सेवामा भने प्रभाव नपरेको उनले जानकारी दिए । घरघरमा बाढी पसेपछि स्थानीयबासीको भने बिचल्ली भएको छ ।हनुमन्ते खोलाको बाढी भक्तपुरमा पस्ने गरेको छ । जग्गा कारोबारीले खोलालाई साँघुरो बनाउँदै घडेरी निकाल्दै गर्ने क्रम बढेकाले हरेक वर्ष बाढी भक्तपुरमा पस्ने गरेको स्थानीय बताउँछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको