Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

बाल गायिका नन्दिताको एकल गिती एल्बम ‘नन्दिता गुनगुन’को विमोचन

admin

बाल गायिका नन्दिताको एकल गिती एल्बम ‘नन्दिता गुनगुन’को विमोचन भएको छ । वरिष्ठ साहित्यकार गणेश अपारका ११ वर्षीया नातिनी नन्दिता वैद्य नन्दिता गुनगुन मार्फत एकल सांगितिक एल्बम सार्वजनिक गर्दै बाल गायिकाको रुपमा देखापरेकी छिन् ।

ललितपुरमा वाङमय शताब्दि पुरुष संस्कृतिविद् डा.सत्यमोहन जोशीको साथमा नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रिमियर इन्टरनेशनल स्कूलकी संस्थापक निर्देशक पवित्रा लिम्बु, म्यूजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्मा, नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, नृत्य निर्देशक साथै म्यूजिक भिडियो निर्देशक प्रदीपमान श्रेष्ठ, नन्दिताका पिता नन्दनराज वैद्य र माता रीता नेमकुल वैद्यले संयुक्त रुपमा एल्वमको विमोचन गरेका हुन । कार्यक्रमका बीच सांगितिक एल्बमको साथै सो एल्वममा समावेश भएको पूतलीको नाना गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । गीतको भिडियो चर्चित निर्देशक प्रदिपमान श्रेष्ठले गरेका हुन ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले अभिभावकले आफ्ना अधुरा इच्छाहरु सन्तानले पुरा गरुन भन्ने भावनाले बालबालिकालाई आफ्नो चाहना लाद्नुको साटो ईच्छा र खुबी अनुसार अगाडी बढ्ने वातावरण बनाएमा उनीहरुभित्र लुकेको प्रतिभा प्रष्फुटन हुनेमा जोड दिनुभयो ।

प्रिमियर इन्टरनेशनल स्कूलकी संस्थापक निर्देशक पवित्रा लिम्बुले कलाकारले ताली पाउने आशामा होइन, मनलाई खुसी बनाउन कला क्षेत्रमा लाग्नुपर्ने बताईन । विद्यालयमै चर्चित नृत्य कलाकार स्वजन रघुवंशीबाट नृत्य पनि सिकिरहेकी नन्दिताको विमोचित एल्वम ‘नन्दिता गुनगुन’मा पाँचवाट बालगीतहरु समाविष्ट छन् ।

एल्वमका गीतहरुको रचना गणेशराज वैद्य ‘अपार’, चतुर्भुज केवरत, गुरुदेव कामत, उत्तम थापा मगर, डि.पि. खनालले गर्नुभएको छ भने संगीत गुरुदेव कामत र उत्तम थापा मगरले दिनुभएको छ । एल्वमलाई म्यूजिक नेपालले बजारमा ल्याएको छ । नृत्य निर्देशक संघ नेपालको व्यबस्थापनमा भएको उक्त गीति संग्रहको बिमोचन तथा भिडियो प्रर्दशन कार्यक्रममा उपस्थित अतिथीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको