Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

मिस एसिया नेपाल २०१८ को ताज काठमाडौं कि युनिशा केसीले हात पारिन

admin

काठमाडौं स्थित र्याडिसन होटेलमा सम्पन्न मिस एसिया नेपाल २०१८ को ताज काठमाडौं कि युनिशा के सी ले हात पारेकी छन। बिभिन्न राउन्ड पार हुँदै ग्रान्ड फिनालिमा पुगेका टप १५ लाई चिफ जुरी राज भाई सुवाल र अन्य जुरी हरु चर्चित कमेडियन सन्दिप छेत्री , मोडल श्रीजना रेग्मी, अभिनेता रमेश उप्रेती, गायक बिजय लामा , मोडेल पूजा श्रेष्ठ तथा ब्यबसायी बिशाल अग्रवाल ले बिभिन्न प्रश्न उत्तर मार्फत बिजेता छनोट गरेका थिए। कार्यक्रमको प्रमुख अतिथी रहेका माननिय नवराज सिलवाल ले यस्ता कार्यक्रम ले नेपाली युवा हरुको मनोबल बढ्ने र समाजमा सकारात्मक परिवर्तन आउने भएकाले कार्यक्रम आयोजनाका लागि आयोजकलाई धन्यवाद दिएका थिए। यसै प्रतियोगितामा मिस ग्ल्याम वोर्ल्ड नेपाल २०१८ को उपाधी सुदुर पश्चिमकी हेमा हमाल ले हात पार्न सफल भइन ।

कार्यक्रममा नेपाली फेसन तथा फिल्म उधोगका ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो। बिजेतालाई गत बर्षकि बिजेता उकुश गिरी ले आफ्नो ताज हस्तान्तरन गरेकी थिइन । मिस एसिया नेपाल बिजेताले नोभेम्बरमा केरेलामा हुने मिस एसिया इन्टरनेसनलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन भने उपबिजेता तथा मिस ग्ल्याम वोर्ल्ड नेपाल बिजेताले पनि जनवरी मा मिस ग्ल्याम वोर्ल्डमा नेपालको तर्फ बाट प्रतिनिधित्व गर्ने छिन । यस कार्यक्रम युवाहरु को क्षेत्रमा सकृया युवा आइकन दिबस खनियाले आयोजना गरेका हुन भने कार्यक्रमको सन्चालन तथा कोरियोग्राफी चर्चित मोडेल तथा भिजे निलम चन्द ले गरेकी थिइन। कार्यक्रममा प्रहरी अधिकारीहरु देखी बिभिन्न चर्चित ब्यक्तीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो। कार्यक्रमलाई भब्य तथा सभ्य बनाउन र आयोजक संस्था नेक्स्ट इभेन्ट इभेन्टरनेसनलका सि. इ. ओ तथा युथ आइकन दिबस खनियाको यस्ता युवा केन्द्रित कार्यक्रमहरु लाई सपोर्ट गर्नका लागि उपस्थिती जनाएको उपस्थित अतिथी हरुले जानकारी गराएका थिए।

बिजेता युनिशा के सि सिए बिद्यार्थी हुन भने उपबिजेता हेमा हमाल पनि पहिला देखी नै र्याम्प तथा बिभिन्न फेसन इभेन्ट हरु मा सकृया रहदै आएकी थिइन। बिजेताहरु एक बर्षका लागि नेक्स्ट इभेन्ट इभेन्टरनेसनल को ब्रान्ड एम्बेस्डर रहने छन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको