Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

सेलिब्रेटी नेपालको आयोजनामा आजदेखि नेपाल ग्रामिण चलचित्र महोत्सव किसानको बक्यौता रकम भुक्तानी गर्दै डिडिसी जीबी राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक पत्र घुससहित जलाधार व्यवस्थापन अधिकृत पक्राउ मुन्नाभाईको तेस्रो सिरिज बन्ने एन्फाका उपाध्यक्ष दावा लामा लागु औषध कारोबार मुद्दामा पक्राउ

फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा

Reporter

साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा पुगेको छ । कतारको दोहास्थित अल बायत स्टेडियम आज भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने खेलको दोस्रो हाफमा एक गोल थप्यो ।

फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले एक एक गोल गरे । हर्नान्डेज खेलको पाँचौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सदुपयोग गर्दै गोल गरेका थिए । त्यस्तै खेलको ७९ औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनले बेन्चबाट मैदान छिरेको एक मिनेट पनि नबित्दै गोल गर्न सफल भए । उनी ७९ औँ मिनेटमै ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । फ्रान्सले क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकन राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो ।

फ्रान्सले अब विश्वकप उपाधिका लागि अर्जेन्टिनाको सामना गर्नेछ । हिजो सम्पन पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो । फाइनल पुस ३ गते आइतबार हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको