Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

Reporter

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीवारबाट लागू हुनेगरी राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएको जनाएको हो ।

नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको जनाएको छ । तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि यसै वर्षको साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए ।

प्रभाकरको प्रशिक्षणमा नेपालले हालै नामिबियमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ का चार खेलमध्ये सबै खेलमा नतिजा सुम्पिएको थियो । यससँगै नेपालको विश्व क्रिकेट लिग डिभिजन–२ को शीर्ष तालिकाको तीन भित्र रहन कठिन भएको छ ।

नेपालले नामिबियासँग एक र स्कटल्याण्डसँग दुई हार व्यहोरेको थियो भने एउटा नामिबियासँगको खेल वर्षाका कारण रद्द भएको थियो । सो हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो ।

सात राष्ट्रमध्ये २४ खेलमा मात्र १८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । शीर्ष स्थानको स्कटल्याण्डको ३२ खेलमा ४६ अंक छ भने दोस्रो स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ । त्यस्तै तेस्रो स्थानको नामिबियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ । सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा ५ अंक छ ।

प्रभाकरको प्रशिक्षणमा नेपालले सेप्टेम्बर–अक्टोबरमा केन्याबिरुद्धको ट्वान्टी–२० र एक दिवसीय श्रृंखला जितेको थियो । त्यस्तै गत महिना घरेलु मैदानमा सम्पन्न युएईबिरुद्धको एक दिवसीय श्रृंखला पनि नेपालले जितेको थियो ।

यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्ध समेत बिग्रिएको थियो । जसको कारण प्रभाकरको राजिनामा आएको कतिपयले अनुमान लगाएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको