Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

उरुशा जोशी मिस ग्राण्ड नेपाल २०१८ उपाधि जित्न सफल

admin

सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको मिस ग्राण्ड नेपाल २०१८ को फाइनल प्रतिस्पर्धामा उरुशा जोशीले प्रतियोगिताको मुख्य उपाधि जित्न सफल भएकी छिन् । ‘तपाई मिस ग्राण्ड नेपाल २०१८ को उपाधि विजेताका रुपमा नेपालको संसदमा उपस्थित भएर वर्तमान अवस्थालाई विचार गरी नेपाल र नेपालीको हकमा बोल्नु परेमा, कुन विषयमा आवाज उठाउनु हुन्छ होला र किन ।’ भन्ने निर्णायक प्रश्नको उत्कृष्ट उत्तर दिएर उरुशाले मिस ग्राण्ड नेपाल २०१८ ताज पहिरिन सफल भएकी हुन् । उनलाई यस अघिका विजेता जिनश लामाले विजेताका ताज पहिराइ दिएकी थिइन् । उरुशाले विजेताका रुपमा नगद पुरस्कार रु पचास हजार, सुजुकीको स्कुटर तथा म्यानमारमा संचालन हुने मिस ग्राण्ड इन्टरनेसनल २०१८ का नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् । उरुशाले वेष्ट वाकको उपाधि पनि जित्न सफल भइन् ।
प्रतियोगितामा वेष्ट पर्सनालिटीको अवार्ड सहित इक्सा मादेन फस्ट रनर अप तथा वेष्ट ट्यालेन्ट र फोटोजेनिकको अवार्ड सहित रिया गैरे सेकेन्ड रनर अप विजेता चयन भएका थिए । इक्सा र रियाले क्रमशः तीस हजार तथा बीस हजार नगद पुरस्कार प्राप्त गरे । फेसन डिजाइनर उत्तम बनेपालीले तयार पारेका पहिरनहरुमा सजिएका मिस ग्राण्ड नेपाल २०१८ का प्रतिस्पर्धीहरुले कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी अन्तर्गत आफ्नो प्रस्तुति दिएका थिए । आर के इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको सो प्रतियोगितामा सुष्मिता तामाङ वेष्ट फिगर तथा वेष्ट स्पिच, संजिता रानाभाट मल्टिमिडिया, तथा सारा कपालीले वेष्ट रिपोर्ट राइटिङको अवार्ड जित्न सफल भएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको