
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा थप फराकिलो बनाएसँगै अब वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार पनि सामाजिक सरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् ।
आगामी वैशाखदेखि स्वेच्छिक वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई कोषमा आबद्ध गर्न सकिनेगरी नयाँ कार्यविधि जारी गरिएको छ ।
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७९ जारी भएसँगै अब वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार संसारको जुनसुकै कुनाबाट पनि अनलाइन माध्यमबाट जोडिएर सहजै सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने व्यवस्था भएको छ ।
यसअघि, स्वदेशी विभिन्न रोजगारदाता कम्पनी, उद्योग, प्रतिष्ठानका कामदार मात्र कोषमा आवद्ध हुने व्यवस्था थियो । अहिले सरकारले सामाजिक सुरक्षासम्बन्धी नयाँ कार्यविधि जारी गरिदिएर वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीलाई पनि सहजै कोषमा आवद्ध हुन पाउने व्यवस्था गरिएको छ ।