Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

गीता अधिकारीको रचनामा सारिका स्वरवद्ध तीज गीत सार्वजनिक ( भिडियो सहित)

admin

नेपाली हिन्दु महिलाहरुको महान् चाड तीजको लक्षित गरि थुप्रै संगीत स्रजकहरुले तीज गीतहरु बजारमा ल्याइ रहेका छन् । यसै मेसोमा लोकप्रिय सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि मिलाप मासिक पत्रिकाको प्रस्तुति रहेको तीज गीत ‘एतै घमाइलो उतै घमाइलो’ सार्वजनिक गरिएको हो ।

पूर्व सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको कार्यक्रममा गीत निर्माणमा सहयोग पुर्याउँने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा घर्तीले गीतको तारिफ गर्दै गीताले सबै महिलाकाहरुको नेतृत्व गर्दै जागरण सम्बन्धि तीज गीत साथै सन्देश मुलक तीज गीत ल्याएको बताइन ।

त्यस्तै नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम विडारी, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, मिलापका सम्पादक कृष्ण भुसाल, बरिष्ठ कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, सङ्गीतकार राजु सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सञ्चारकर्मी राधिका अधिकारीले सहजीकरण गरेको कार्यक्रममा गीतकार गीता अधिकारीले आफूले पहिला पनि गीत, कविता लेख्दै आएको भए पनि आफ्नो यो पहिलो तीज गीत हो भन्दै सबैको साथ सहयोग पाउँनेमा आफू आशावादी रहेको बताइन् । कला, साहित्य र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको आयोजना मिलापले गरेको थियो ।

गीतको भिडियोमा नेपालको पहिलो नायिका भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रको नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरे लगायतकाको अभिनय रहेको छ ।

सारिका घिमिरेको स्वर, दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट ‘विपिन’को छायाँकन तथा सम्पादन रहेको छ ।

वल्र्ड कभर मिडिया प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार, गीता तामाङको केश सञ्जा रहेको छ ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको