Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

डिएसपी ठगबहादुर प्रहरीको नियन्त्रणमा, निवासबाट ३५ तोला सुन र २५ लाख बरामद

Reporter

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीकै अनुसन्धान टोलीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतको भनाइ छ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले छानबिन सुरू गरेको थियो। केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ।

यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए। ‘यो प्रहरी प्रधान कार्यालयबाट भएको काम हो, जिल्लामा सिआईबीले सघाएको होला,’ उनले भने।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको