Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

लमजुङ्गकि बबिता गुरुङ्गले हात पारिन ‘मिस गुरुङ्ग ईन्टरनेशलन २०१८’ को ताज

admin

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस गुरुङ्ग ईन्टरनेशलन २०१८ को ताज लमजुङ्ग कि बबिता गुरुङ्गले हात पारेकी छन। उनले उपाधीको साथमा स्कुटर समेत प्राप्त गरिन । बिभिन्न राउन्ड पार हुँदै ग्रान्ड फिनालेमा पुगेका टप १५ लाई निर्णायक मण्डलमा रहेका निर्देशक तथा अभिनेता सुवाष गुरुङ्ग, बालरोग विशेषज्ञ डा.बुद्धि गुरुङ्ग, निर्देशक तथा अभिनेता प्रितम गुरुङ्ग तथा लायन्स क्लब नेपालका उपाध्यक्ष अनुप पहाडी, तमु ह्यूला महिला संघका अध्यक्ष धन गुरुङ्ग, सगरमाथा टेलिभिजनका सम्पादक गणेशमान गुरुङ्ग, टुरिज्म बोर्डका अध्यक्ष कमला गुरुङ्ग ले बिभिन्न प्रश्न उत्तर मार्फत बिजेता छनोट गरेका थिए। प्रतियोगितामा गोरखाकी तलिसा गुरुङ्ग फस्ट रनरअप, ईटहरीकी एलिसा गुरुङ्ग सेकेण्ड रनरअप हुन सफल भए ।

उनीहरुले उपाधीको साथमा थाईलैण्ड भ्रमण प्याकेज, नगद पुरस्कार, फेशन डिजाईनर अध्यनमा शत प्रतिशत छुट लगायत विभिन्न आकर्षक पुरस्कार हात पार्न सफल भएका थिए । भने भ्युएर च्वाईस निशा गुरुङ्ग चितवन, अर्गनाइजर च्वाईस सिया गुरुङ्ग रोल्पा,बेष्ट हेयर बुद्धकाशी गुरुङ्ग, बेष्ट स्माईल दिक्षा गुरुङ्ग, बेष्ट चार्मिङ्ग पेमा गुरुङ्ग, बेष्ट डिसिप्लेन प्रमिता गुरुङ्ग,बेष्ट क्याट वाक ज्योती गुरुङ्ग, मिस बव्ली निशा गुरुङ्ग, बेष्ट लेङ्गवेज बविता गुरुङ्ग, बेष्ट फिगर तलिशा गुरुङ्ग,बेष्ट पर्सानिलिटी एलिसा गुरुङ्ग, बेष्ट फोटोजेनीक ममता गुरुङ्ग, बेष्ट भ्वाईस पावर सिया गुरुङ्ग,बेष्ट टैलेन्ट ईन्दिरा गुरुङ्ग तथा बेष्ट फ्रण्डली बिनु गुरुङ्गले हात पार्न सफल भएका थिए ।

कार्यक्रमको प्रमुख अतिथी रहेका सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ्गले यस्ता कार्यक्रम ले गुरुङ्ग समुदायका युवतीहरुको मनोबल बढ्ने र समाजमा सकारात्मक परिवर्तन आउने भएकाले कार्यक्रम आयोजनाका लागि आयोजकलाई धन्यवाद दिदै कार्यक्रमको प्रशंसा गरेका थिए ।


गुरुङ्ग समुदायका युवतीहरुको कला संस्कृति तथा भाषा समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिस गुरुङ्ग ईन्टरनेशनल बाट प्राप्त सम्पूर्ण आम्दानी गरिब, असाहय तथा पिछडिएका बालबालिकाको निशुल्क शिक्षा तथा स्वास्थोपचारका लागी स्वास्थ्य शिविर संचालन गर्ने मृगतृष्णा फेशन हाउसको सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको सहयोगार्थ सौन्दर्य प्रतियोगिता भएको जानकारी आयोजक फेशन डिजाइनर मृगतृष्णा फेशन हाउसकी संचालक तृष्णा गुरुङले बताइन् ।
नेपाल अधिराज्यभरको अडिसनबाट छनौट भएका प्रतियोगीहरुलाई मिस नेपाल सुगारिका केसी तथा चर्चित कोरियोग्राफरहरुले एक महिने विशेष प्रशिक्षण दिएका थिए। कार्यक्रम सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको