Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

जनसरोकारका बिषयमा केही कुरा

Reporter

-डा.डिआर उपाध्याय, 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको भाग्य चम्कने खालका योजना र कार्यक्रम बनाएर एक्सनमा उत्रनु पर्ने आबश्यकता देखिएको छ । मुलुक बनाउन इच्छा शक्ति र आत्मविश्वास चाहिन्छ । त्यो हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालमा छ । कुनै लोभ लालच आफूले पनि नराख्ने र अरुलाई पनि त्यस्तो दोभी पापी हुन नदिने काममा प्रधानमन्त्री दाहाल लाग्नु भयो भने देशमा आशाका किरण छाउन सक्थ्यो । आज देशका सामु धेरै समस्या र चुनौती त छदै छन । यी समस्या समाधान गर्न बर्तमान सरकार गम्भिर भएर लाग्नु पर्छ । जनसरोकारका सबै काम दूू्रत गतिमा अघि बढाउनु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिनु पर्ने भएको छ । अब पनि मुलुक प्रति खेलवाड गर्ने छुट कसैलाई छैन ।

देश बनाउने हो भने सबैभन्दा पहिला राजनीतिक नेतृत्व नैतिकतवान् र इमानदार बन्न सक्नुपर्छ । राजनीतिक नेतृत्व इमानदार बन्दा बित्तिकै आमप्रशासनतन्त्रमा सुधार आउन सक्छ । सरकारका योजनालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउने भनेकै कर्मचारीवर्ग हो । राजनीतिक नेतृत्व इमान्दार बन्नै पर्छ । देश भ्रष्टचारमा डुबेको छ । कर्मचारीतन्त्रलाई भ्रष्ट बनाएकै राजनीतिक नेतृत्वले हो । त्यसैले सबै भन्दा पहिला राजनीतिक नेतृत्व आफै सच्चिनुपर्छ । त्यसैले अब प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो प्राथमिकता आफू सच्चिएर कर्मचारीमा सुधार ल्याउनु हो । अधिकांश नेताहरू माफिया, बिचौलिया र तस्करको घेराबन्दीमा छन् । कसरी हुन्छ धन आर्जन गर्ने ध्याउन्नमा उनीहरू लिप्त छन ।

 

देशमा भ्रष्टाचार अत्याधिक रूपमा बढिरहेको छ । त्यसैले सबै दलका शीर्ष नेता आमूल रूपमा सच्चिन जरुरी छ । अब सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्नैपर्ने देखिन्छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवैमा इमानदारीता भयो भने देश बन्न कुनै बेर लाग्दैन । सरकारले आफ्नो कार्यकालको अवधिमा गर्न सक्ने तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्छ । त्यसका लागि विषयगत विज्ञ छनोटमा विशेष ध्यान दिनुपर्छ । त्यसो भयो भने मात्र बर्तमान सरकारले गर्न खोजेका कुरा र सपना पुरा हुन सक्छन । जनताका गास, बास, कपासको उचित व्यवस्थापनमा सरकार लाग्नु पर्छ । त्यसै गरी सरकारले स्वास्थ र शिक्षामा सहज पहुँच एवं रोजगारीको उचित अवसरको व्यवस्थापन गर्न सक्नुपर्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको